img
प्रथम बाजुरा महोत्सव हुँदै

उद्योग वाणिज्य सङ्घ बाजुराले जेठ ३ देखि ९ गतेसम्म प्रथम बाजुरा महोत्सव आयोजना गर्न लागेको छ । बाजुरा जिल्लामा पहिलो पटक हुन लागेको यस महोत्सवमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका कलाकारहरुलाई ल्याउने तयारी भइरहेको छ । सङ्घका अध्यक्ष देवबहादुर रोकायाका अनुसार महोत्सवको तयारी पूरा भएको छ ।

by RSS | May 15
img
घलेगाउँ महोत्सव सम्पन्न

लमजुङको उत्तरी भेग क्वहोलासोथर गाउँपािलका–३ स्थित दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको स्मार्ट भिलेज घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव आज सम्पन्न भएको छ ।

by RSS | May 09
img
२०औँ घलेगाउँ महोत्सव शुरु

लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव शुरु भएको छ ।

by RSS | May 07
img
व्यापारिक महोत्सवमा अठार करोड आम्दानी

ओखलढुङ्गामा भएको औद्योगिक महोत्सवले रु १८ करोड आम्दानी गरेको छ । उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ११ दिने महोत्सवमा विभिन्न शीर्षकमा रु १८ करोड रकम उठाएको हो । पहिलोपटक जिल्लामा आयोजना गरिएको औद्योगिक महोत्सवमा रु १८ करोडको कारोबार भएको सङ्घका अध्यक्ष ज्ञानेन्द्रकुमार मास्केले बताउनुभयो ।

by RSS | Apr 24
img
कालीगण्डकी जलयात्रा महोत्सव

कालीगण्डकीको अस्तित्व र गरिमालाई बचाउन पाल्पाको राम्दीदेखि पुट्टारघाटसम्म कालीगण्डकी जलयात्रा महोत्सव सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा महोत्सव आयोजना गरिएको हो ।

by RSS | Apr 21
img
‘दुराडाँडा महोत्सव’ नयाँ वर्षमा

शैक्षिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको लमजुङ दुराडाँडामा ‘ऐतिहासिक दुराडाँडा महोत्सव–२०७६’ हुने भएको छ । दुराडाँडा सेवा समाज र दुरा सेवा समाजको मुख्य आयोजनामा ऐतिहासिक, सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न वैशाख १ देखि ३ गतेसम्म उक्त महोत्सव गर्न लागिएको हो ।

by RSS | Apr 10
img
चन्द्रागिरि महोत्सव चैत २९ देखि

धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा यही चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म ‘चन्द्रागिरि महोत्सव’ हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सहआयोजनामा उक्त महोत्सवमा हुने भएको हो ।

by RSS | Apr 04
img
सुन्दरीजल–वाग्द्वार महोत्सव वैशाख १ मा

वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सवको आयोजना गरिने भएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं १ ले वैशाख १ गते महोत्सव आयोजना गर्न लागेको वडाध्यक्ष राम मानन्धरले राससलाई जानकारी दिनुभयोे । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा रहेको वाग्मतीको उद्गमस्थल वाग्द्वारबाट निस्किएको पानी गोकर्णेश्वर महादेव मन्दिर हुँदै राजधानी प्रवेश गर्छ ।

by RSS | Mar 31
img
शुक्लाफाँटा पर्यटन महोत्सव चैत १५ देखि हुने  

जिल्लाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुन लागेको शुक्लाफाँटा पर्यटन महोत्सवको तयारी सुरु भ्एको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनका लागि चैत १५ देखि २१ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ ।

by Anu Rana | Mar 21
img
चैत ८ देखि दोस्रो बर्दिवास महोत्सव

महोत्तरी जिल्लाको बर्दिवासमा दोस्रो बर्दिवास महोत्सव–२०७५ आयोजना हुने भएको छ । बर्दिवास उद्योग बाणिज्य सङ्घले यसै चैत ८ गतेदेखि १८ गतेसम्म १० दिने महोत्सव आयोजन गर्न लागेको हो । बर्दिवास उद्योग वाणिज्य सङ्घले बिहीबार साँझ बर्दिवासमा पत्रकार सम्मेलन आयोजन गरेर महोत्सवबारे जानकारी दिएको हो । महोत्सवमा बर्दिवासको कृषि,

by RSS | Mar 15
img
टीकापुर महोत्सवमा एक करोड कारोवार

टीकापुर महोत्सवमा रु एक करोड बराबरको कारोवार भएको छ । ‘औद्योगिक, सांस्कुतिक, शैक्षिक, कृषि एवं पर्यटकीय सम्भावना, समृद्ध सुदुरपश्चिमको परिकल्पना’ नाराका साथ ११ दिनसम्म चलेको सो महोत्सवमा रु २७ लाख ६३ हजारको टिकट बिक्री भएको थियो । महोत्सव आयोजक स्टल व्यवस्थापन उपसमितिका संयोजक गणेश रेग्मीका अनुसार महोत्सवमा दुई सय कक्ष रहेको थियो ।

by RSS | Feb 12
img
कला महोत्सव : ६० चित्रकार प्रतिस्पर्धामा

काठमाडौँमा जारी ‘सिर्जनात्मक चित्रकला महोत्सव’को चित्रकला कार्यशालामा ६० चित्रकार प्रतिस्पर्धामा उत्रिएका छन् । काठमाडौँको हनुमानढोकास्थित ‘प्रतियोगितात्मक चित्रकला कार्यशाला’मा सहभागी भएर चित्रकारले आफ्नो कला क्यानभासमा उतारेको निर्णायक रहनुभएका अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबी गुरुङले जानकारी दिनुभयो । 

by RSS | Feb 10
img
स्वर्ण महोत्सव शुरु

श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक स्वर्ण महोत्सव शनिबारदेखि यहाँ शुरु भएको छ । पचास वर्षअघि श्री १०८ मङ्गलदासले झापा आएर धुलावारी, चन्द्रगढी, बुधबारे र शनिश्चरेमा चार मन्दिर स्थापना गर्नुभएको थियो । श्री कृष्णप्रणामी धर्मावलम्बीले अपार श्रद्धा गर्ने मङ्गलदास महाराज झापा आएको र मन्दिर स्थापना भएको

by RSS | Feb 10
img
एशियाली पर्यटन महोत्सव हुँदै

प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताउनुभयो ।

by RSS | Jan 11
img
रामपुर महोत्सव पुस २७ देखि

शुक्रबारदेखि पाल्पाको रामपुरमा हुन लागेको दोस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको मेलाको तयारीको काम सबै अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । सङ्घको भवन निर्माण, संस्थागत विकास, आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको हो ।

by RSS | Jan 10
img
चितवन महोत्सव शुरु

उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा आजबाट नारायणी नदीको किनारमा चितवन महोत्सव शुरु भएको छ । महोत्सव उद्घाटन पूर्व यहाँ आयोजित शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गर्नुभयो । महोत्सव परिसरबाट शुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न सङ्घ संस्थाको सहभागिता रहेको थियो ।

by RSS | Jan 09
img
चितवन हात्ती महोत्सव आजदेखि

पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि शुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै समाजमा चेतना अभिवृद्वि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक

by RSS | Dec 26
img
महोत्सवमा पर्यटकलाई निम्तो

बुद्धजन्मस्थल लुम्बिनीमा हुने सडक खाना महोत्सवमा सहभागी हुन पर्यटन व्यवसायीले पर्यटकलाई निम्तो गरेका छन् । व्यवसायीले दिनहुँ बैठक तथा भेला आयोजना गरी महोत्सवमा सहभागी हुन आन्तरिक र बाह्य पर्यटकलाई आह्वान गरेका हुन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा सिद्धार्थ होटल एशोसिएसन लुम्बिनी च्याप्टरको आयोजनामा लुम्बिनी बजारमा सडक खाना महोत्सव आयोजना गरिँदैछ । 

by RSS | Dec 19
img
पोखरामा साहित्य महोत्सव पुस ७ देखि

पोखरामा यही पुस ७ देखि १० गतेसम्म सातौँ संस्करणको साहित्य महोत्सव हुने भएको छ । महोत्सव सफल पार्न गण्डकी प्रदेश सरकारले रु पाँच लाख दिने घोषणा गरेको छ । बुक वर्म फाउण्डेशनको आयोजनामा फेवा किनारमा हुने महोत्सवले पोखराको सुन्दरतामा साहित्यिक बहसको उठान गरेर साहित्य र संस्कृतिको संरक्षण, प्रवद्र्धन र विकासमा भूमिका खेल्ने विश्वास गरिएको छ । 

by RSS | Dec 18
img
विवाह पञ्चमी महोत्सव :आज मटकोर विधि

जनकपुरधाममा आयोजना भईरहेको साताव्यापी रामजानकी विवाह पञ्चमीको आज पाँचौं दिन मटकोरको विधि हुँदैछ । सोमबार तिलकोत्सव सम्पन भएको थियो । महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ । 

by RSS | Dec 11