img
भ्रष्टाचार गरेको आरोपमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँटको निर्णय गरी भ्रष्टाचार गरेको अभियोगमा पर्साका तीन जनाविरुद्ध विशेष अदातमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार बाराको नकटुवा–२ को कित्ता नम्बर ५६ को जग्गामा भूमिसुधार कार्यालय, पर्साले मोहियानी हकको नक्कली लगत खडा गरी मोही बाँडफाँट निर्णय गरेको र सो कार्यमा सरकारी कर्मचारीकोसमेत सहभागिता देखिएको छ ।

by RSS | May 15
img
उच्च अदालतमा मुद्दा फछर्याेटमा वृद्धि

तुलसीपुर उच्च अदालतले चालु आर्थिक वर्षको साउनदेखि वैशाख २७ गतेसम्म ४३५ थान मुद्दा फछ्र्यौट गरेको छ । उक्त अदालतका नायबसुब्बा कर्णबहादुर चौधरीले सो अवधिमा अदालतमा दायर भएका ५०३ र अघिल्लो आर्थिक वर्षमा जिम्मेवारी सरेका १८४ गरी जम्मा ६८७ थान मुद्दामध्ये ४३५ थान मुद्दा फछ्र्र्योट भई हाल २५२ थान मुद्दा विचाराधीन रहेको जानकारी दिनुभयो ।

by RSS | May 14
img
व्यक्ति बेपत्ता मुद्दामा पाँच वर्ष कैद

शिक्षक मख्खन केसीलाई कुटपिट गरी बेपत्ता पारेको अभियोगमा दुई जनालाई रुकुमकोट जिल्ला अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ ।

by RSS | May 14
img
चुनावी मुद्दा टुङ्गो

चुनावी मतगणनामा शङ्का लागेर जिल्ला अदालतमा परेको मुद्दा सहमतिमा टुङ्गिएको छ । विसं २०७४ जेठ ४ गते भएको स्थानीय तहको निर्वाचनको मतगणनामा शङ्का लागेर एमालेबाट जुम्लाका हिमा गाउँपालिकाका अध्यक्षका उम्मेदवार भैरवबहादुर रोकायले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सो मतगणनामा तत्कालीन माओवादीबाट अध्यक्षमा निर्वाचित भएको थियो ।

by RSS | May 13
img
भ्रष्टाचारको आरोपमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको राजपुर र सतबरियालगायत विभिन्न सामुदायिक वन उपभोक्ता समितिबाट प्राप्त भएको काठ हिनामिना गरेको आरोपमा साधारण उच्च माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

by RSS | May 12
img
आलेख: मुद्दा मिलाउन उपप्रमुखहरुलाई भ्याइनभ्याई

झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखहरुको अधिकाँश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउन मै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको जिम्मेवारी तोकिदिएका कारण अधिकाँश विवाद सिधै समितिमा आउन थालेको छ । समितिले छलफल र मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दैआएको छ ।

by RSS | May 03
img
मुद्दा मिलाउन उपप्रमुखहरुलाई भ्याइनभ्याई

झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखको अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको अधिकार दिएकाले अधिकांश विवाद सिधै समितिमा आउन थालेको छ । समितिले छलफल र मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दै आएको छ ।

by RSS | May 03
img
घटना भएको १२ वर्षपछि तीन फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दामा फरार रहेका तीन जनालाई जिल्ला प्रहरी कार्यालय धादिङले साढे १२ वर्षपछि पक्राउ गरी अदालतमा बुझाएको छ । उत्तरी धादिङको रुबिभ्याली गाउँपालिका–२ कामीगाउँका २७ वर्षीय देवबहादुर विकलाई देउसी खेल्न जान नमानेको आरोपमा कुटपिट गरी विसं २०६३ कात्तिक ७ गते सोही ठाउँका आठ जनाले हत्या गरेका थिए । हत्यापछि शवसमेत गुपचुप राख्न जलाइएको थियो ।

by RSS | Apr 30
img
गाँजा मुद्दाका फरार जेल चलान

लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ । मकवानपुर जिल्ला अदालतले गत चैत्र १८ गतेको फैसलामा अभियुक्त मोक्तानलाई पाँच वर्ष कैदसहित रु ५० हजार जरिवाना तोकेको थियो । अदालतले कारवाहीको फैसला गरे पनि ३९ वर्षीय मोक्तान फरार रहेका थिए ।

by RSS | Apr 29
img
मुद्दा मिलाउन सक्रिय बन्दै मेलमिलापकर्ता

न्यायिक समितिमा दर्ता भएका मुद्दाको छिनोफानो गर्न वालिङ नगरपालिकाले मेलमिलापकर्तालाई सक्रिय बनाउन थालेका छन् । स्थानीयस्तरमा देखिएका विवादलाई छिटो छरितो समाधान गर्नका लागि मेलमिलापकर्तालाई सक्रिय बनाइएको वालिङ नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक कल्पना तिवारीले बताउनुभयो ।

by RSS | Apr 29
img
हुवावेद्वारा  अमेरिकी सरकारबिरुद्ध मुद्दा दायर  

सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै  कम्पनी हुवावेले अमेरिकी सरकारविरुद्ध टेक्सस अदालतमा मुद्दा दर्ता गरेको छ ।

by Anu Rana | Mar 08
img
निर्मला हत्या प्रकरणमा आठविरुद्ध मुद्दा

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका

by RSS | Mar 08
img
न्यायिक समितिमार्फत मुद्दाको छिनोफानो

भरतपुर महानगरपालिकाको न्यायिक समितिले ७० मुद्दाको छिनोफानो गरेको छ । दोस्रो नगरसभापछि न्यायिक समितिले कार्यान्वयन गर्ने कार्यविधि बनेपश्चात सो अवधिमा ती मुद्दाको छिनोफानो गरेको हो । न्यायिक समितिमा परेकामध्ये ५० मुद्दा मेलमिलाप समितिबाट समाधान भएको र २० मुद्दा निर्णय भई अदालतमा सिफारिश भएको भरतपुर महानगरपालिकाका कानून अधिकृत खगेश्वर अधिकारीले बताउनुभयो ।

by RSS | Feb 26
img
बालिका बलात्कारको मुद्दा मुल्तबीमा

बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–७ स्थित मामाघर बस्ने १९ वर्षीय सिनबाज शेख भनिने रबानी मियाँविरुद्ध चलिरहेको जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतले बुधबार मुल्तबीमा राख्ने फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले अराोपित विरुद्धको मुद्दा मुल्तबीमा राख्ने फैसला गरेको जिल्ला अदालत सप्तरीले जनाएको छ ।

by RSS | Feb 21
img
भ्रष्टाचार अभियोगमा मुद्दा दायर

नेपाल विद्युत् प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उपप्रबन्धक विजयकुमार चौधरीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको भन्ने आरोपमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । चौधरीले सार्वजनिक सेवामा रहँदा रु दुई करोड १४ लाख ५८ हजार ८३४ बराबरको भ्रष्टाचार गरेको आयोगले अभियोग लगाएको छ । उपप्रबन्धक चौधरीले गैरकानूनी रूपमा आर्जन गरेको

by RSS | Feb 01
img
गैरकानूनीरूपमा सम्पत्ति जोडेको अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ ।

by RSS | Jan 29
img
एकतिहाइ मुद्दा सम्बन्धविच्छेदका

चितवन जिल्ला अदालतमा चालु आवको छ महीनामा दर्ता भएकामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धबिच्छेदका छन् । चालु आवको छ महीनामा परेका एक हजार ४३८मुद्दामध्ये ५०६ सम्बन्धबिच्छेदका छन् । सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउनेमा महिलाको सङ्ख्या बढी छ । कार्यालका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतमा आउने सम्बन्धबिच्छेदका मुद्दामा बढी मात्रामा वैदेशिक रोजगारबाट उत्पन्न समस्या रहेको पाइएको छ ।

by RSS | Jan 18
img
वीरेन्द्रनगर नगरपालिकाद्वारा ४८ मुद्दा छिनोफानो

वीरेन्द्रनगर नगरपालिकाले दर्ता भएकामध्ये ४८ मुद्दा छिनोफानो गरेको छ । नगरपालिकाकाको न्यायिक समिति संयोजक एवं उपप्रमुख मोहनमाया ढकालले चैत महीनादेखि दर्ता भएका ती मुद्दाहरु कानूनसम्मत टुङ्गो लगाएइएको जानकारी दिनुभयो । अधिकांश मुद्दाहरु जग्गा विवाद र अंशबण्डासम्बन्धी थिए । साविकको क्षेत्रीय सदरमुकाम र हाल प्रदेश राजधानी भएसँगै

by RSS | Jan 17
img
म्यानपावर सञ्चालक बलबहादुरविरुद्ध साढे १९ करोडको करछली मुद्दा  

सरकारले म्यानपावर व्यवसायीहरुमाथि कर छलीबारे अनुसन्धान तीव्र पारेको मा राजश्व अनुसन्धान विभागले पहिलो चरणमै गरेको अनुसन्धानमा एक म्यानपावरले ६ करोड राजश्व छलेको भेटाएको छ । वैदेशिक रोजगारीमा जानेमाथि अवैध रकम असुली गरी कर छली गरेको भन्दै राजस्व अनुसन्धान विभागले मेनपावर व्यवसायी बलबहादुर तामाङ विरुद्ध मुद्दा दायर गरेको हो ।

by Anu Rana | Jan 06
img
तीन सय पचपन्न मुद्दा फछ्र्योट

सुर्खेत जिल्ला अदालतले पाँच महीनाको अवधिमा ३५५ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा दर्ता भएका ८८६ मुद्दामध्ये ३५५ वटा फछ्र्योट भएको र ५३१ मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार भुपाल भण्डारीले बताउनुभयो । उहाँका अनुसार अदालतमा रहेका जम्मा मुद्दामध्ये ३६३ मुद्दा पुराना थिए । मुद्दा फछ्र्योटको कामलाई प्रभावकारी बनाइएको जिल्ला न्यायाधीश धुव्रकुमार शाहले बताउनुभयो ।

by RSS | Jan 03

LATEST NEWS