img
यार्साको अवैध चोरी रोक्न पाटनमै गस्ती

यार्सागुम्बाको अवैध चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलन समय नजिकिएसँगै अवैध चोरी निकासी रोक्नका लागि डोल्पाका यार्सा पाटनमा सुरक्षाकर्मी र स्थानीय युवाको सामूहिक गस्ती शुरु गरिएको हो ।

by RSS | May 15
img
यार्साका कारण दुई महीनासम्म विद्यालय बन्द

यहाँस्थित पूर्वी क्षेत्रका विद्यालय दुई महीनाका लागि बन्द हुने भएका छन् । यहाँको प्रमुख आयस्रोत मानिएको बहुमूल्य यार्सागुम्बा टिप्न शिक्षक, विद्यार्थी तथा अभिभावक पाटन जाने भएपछि जिल्लाका अधिकांश विद्यालय जेठ र असार महीना बन्द हुने भएका हुन् । प्रत्येक वर्ष यार्साको सिजनमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् ।

by RSS | May 12
img
यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर

विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् ।

by RSS | May 10
img
यार्सा सङ्कलनमा विद्यार्थीलाई रोक

जुम्लाको पातारासी गाउँपालिकाले यार्सा सङ्कलनका लागि पाटन जान विद्यार्थीलाई रोक लगाएको छ । वर्षेनी यार्सा टिप्न जाँदा विद्यालयको पठनपाठन प्रभावित हुने गरेकाले यसपटक यार्सा टिप्न पाटन जान विद्यार्थीलाई रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बढथापाले बताउनुभयो । गाउँपालिकाले कुनै पनि विद्यार्थीलाई यार्सा टिप्ने काममा नलगाउन अभिभावकलाई सचेत गराएको छ ।

by RSS | Apr 11
img
यार्सागुम्बा बिक्री नहुँदा व्यापारी समस्यामा

दार्चुलाका व्यापारीहरुको यो वर्ष खरीद गरिएको यार्सागुम्बा अझै बिक्री भएको छैन । गत असारदेखि भदौसम्म खरीद गरिएकामध्ये झण्डै दुई क्विन्टल बढी यार्सागुम्बा अझै बिक्री भएको छैन । यार्सागुम्बा बिक्री नहुँदा व्यापारी र सङ्कलक समस्यामा परेका छन् । स्थानीयवासी र व्यापारीको मुख्य आयस्रोतको रुपमा रहेको यार्सागुम्बा बिक्री नभएपछि हातमुख जोर्न धौधौ भएको छ ।

by RSS | Mar 03
img
तीस किलो यार्सागुम्बा निकासी

यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिनुभयो । प्रति निकासी पूर्जीको रु २५ हजारका दरले रु ७ लाख ५० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो । दार्चुलाको यार्सागुम्बा छिमेकी

by RSS | Jun 29
img
विद्यालय बन्द गरी यार्सागुम्बा सङ्कलन गर्दै  

वैशाख पहिलो साताबाट नै यहाँका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ उक्लने गरेका छन् । यार्सा सङ्कलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा सङ्कलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका बताउछन ।

by Anu Rana | Jun 04
img
विद्यालय बन्द गरी यार्सागुम्बा सङ्कलन गर्दै  

वैशाख पहिलो साताबाट नै यहाँका बासिन्दा यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ उक्लने गरेका छन् । यार्सा सङ्कलन गर्दा सबैजसो घरबाट बालकदेखि हिडडुल गर्नसक्ने वृद्धसम्म यार्सा सङ्कलन गर्न जाँदा विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेका बताउछन ।

by Anu Rana | Jun 04