img
राजदूत पाण्डेलाई बु्रनाइको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली आवासीय राजदूत उदयराज पाण्डेलाई ब्रुनाइ दारुसलामका लागि समेत गैह्रआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा पाण्डेलाई आज नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

by RSS | May 15

LATEST NEWS