img
नेपाल विश्वको धार्मिक केन्द्र हो : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विश्वकोे धार्मिक अस्थाको केन्द्र भएकोे बताउनुभएको छ । ‘यदुवंशी उत्थान समाज नेपाल’ले हरिपुर नगरपालिका–४ स्थित हरैयामा निर्माण गर्न लागेको कृष्ण मन्दिरको आज शिलान्याश गर्दै उहाँले हिन्दू धर्मावलम्बीका लागि आस्थाको केन्द्र जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथ रहेको छ भने बौद्ध धर्मावलम्बीका लागि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बनी पनि नेपालमै रहेको बताउनुभयो ।

by RSS | May 15
img
समृद्धिका लागि विकासको प्रतिस्पर्धा आवश्यक : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्धिका लागि विकासको प्रतिस्पर्धा गर्ने बेला आएको बताउनुभएको छ । उहाँले विकास र समृद्धिका लागि नेपाली जनताको चाहना पूरा गर्नका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय आएको बताउनुभयो । अब प्रदेश–प्रदेश र स्थानीय तहबीचको प्रतिस्पर्धा विकास र समृद्धिका लागि गर्नुपर्ने उपराष्ट्रपति पुनले बताउनुभयो ।

by RSS | May 14
img
जोशीलाई राष्ट्रपतिबाट शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्मशतवार्षिकीका उपलक्ष्यमा उहाँलाई शुभकामना दिनुभएको छ । राष्ट्रपतिका भाषा तथा संस्कृतिविद् माधव शर्माले जोशी एक सय वर्षमा प्रवेश गर्नुभएका उपलक्ष्यमा राष्ट्रपतिले उहाँको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दैे खुशी व्यक्त गरेको अभिनन्दनपत्र हस्तान्तरण गर्नुभयो ।

by RSS | May 13
img
राजदूत ढुङ्गानाबाट शपथ

राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाका लागि नवनियुक्त नेपाली राजदूत भृगु ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त राजदूत ढुङ्गानालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । राष्ट्रपतिले परराष्ट्र मन्त्रालयका सहसचिव ढुङ्गानालाई यही चैत १८ गते राजदूतमा नियुक्त गर्नुभएको हो ।

by RSS | May 08
img
समृद्धिको यात्रा सार्थक तुल्याउन पत्रकारिता कटिबद्ध बन्नुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक स्थिरता, दिगो शान्ति र आर्थिक विकासमा मुलुक अग्रसर बनेको परिवर्तित सन्दर्भलाई गहिरोसँग आत्मसात् गर्दै पत्रकारिताजगत्ले थप रचनात्मक बनेर समृद्धिको यात्रालाई सार्थक तुल्याउन कटिबद्ध बन्नुपर्ने खाँचो आँैल्याउनुभएको छ ।

by RSS | May 07
img
गुणस्तरीय शिक्षामा राष्ट्रपतिको जोड

राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आज आजको आवश्यकता रहेको बताउनुभएको छ । बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिनुभयो ।

by RSS | May 06
img
राष्ट्रपतिको भाईलाई अनिश्चितकालीन जेल सजाय  

इरानका राष्ट्रपति हसन रुहानीका भाई हुसेन फेरेडोउनलाई अनिश्चितकालिन जेल सजायको फैसला भएको छ ।भ्रष्टाचारको अभियोगमा हुसेनलाई सजाय स्वरुप अनिश्चितकालिन जेल सजायको फैसला सुनाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले जनाएको छ ।

by Anu Rana | May 06
img
‘दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार’

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ । हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो ।

by RSS | May 03
img
राष्ट्रपति भण्डारीद्वारा नीति कार्यक्रम प्रस्तुत

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को आजको संयुक्त बैठकमा उहाँले अपराह्न १६ः१० मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । राष्ट्रपतिले सङ्घीय संसद्को कुनै सदनको वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न सक्ने संवैधानिक व्यवस्था रहेको छ ।

by RSS | May 03
img
श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीलाई एकसाथ यात्रा नगर्न चेतावनी  

श्रीलंकाको गुप्तचर संस्थाले सम्भावित आतंकवादी हमलाको सूचनापछि केहि हप्ता देशका शीर्ष नेतृत्वलाई एकसाथ यात्रा नगर्न चेतावनी दिएको छ ।  गुप्तचर संस्थाले एक मीडिया रिपोर्टमा बुधवार चेतावनी दिएको छ ।

by Anu Rana | May 03
img
राष्ट्रपति रनिङ शिल्ड

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ १६, १७ र १८ गते भरतपुरमा हुने भएको छ । प्रतियोगिताका संयोजक तथा चितवन जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार जिल्लास्तरीय प्रतियोगिता जेठ १६ गतेदेखि गर्ने निर्णय भएको हो ।

by RSS | May 02
img
राष्ट्रपति ल्हासामा

विशेष समाचारदाता सुरेन्द्रबहादुर नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभयो ।

by RSS | Apr 30
img
राष्ट्रपति ल्हासामा

विशेष समाचारदाता सुरेन्द्रबहादुर नेपाली राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणका क्रममा आज बेइजिङबाट ल्हासा आइपुग्नुभएको छ । उहाँलाई ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले स्वागत गर्नुभयो ।

by RSS | Apr 30
img
सङ्घीय संसद्को चौँथो अधिवेशन शुरु

सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौँथो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरुप सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेदेखि शुरुभएको हो । वर्षे अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छ ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीद्वारा शहीद स्मारकमा पुष्पहार अर्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा आज पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । स्मारकस्थल पुग्दा उहाँलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गर्नुभएको थियो ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीद्वारा नेपाली प्याभिलियनको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार चिनियाँ राष्ट्रपति सी चिनफिङ तथा अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र र मार्ग मञ्चमा भाग लिन आउनुभएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमखुसँगै अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनी २०१९ को उद्घाटन समारोहमा सहभागी हुनुभयो । बेइजिङको दक्षिण पश्चिमी बाहिर भागमा केन्द्रबाट करीब ७० किलोमिटरभन्दा अधिक दूरीमा अवस्थित कुनमिङ नगरमा आयोजित उक्त प्रदर्शनीको चिनियाँ राष्ट्रपति चिनफिङले उद्घाटन गर्नुभयो ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीसँग लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुखको भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बिहान जापानको सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी अफ जापानका उपप्रमुख तोशिहिरो निकाइको नेतृत्वमा सांसदहरुको एक समूहले भेटवार्ता ग¥यो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले जापान नेपालको असल र नजिकको मित्र भएको र नेपालको विकास परियोजनामा सबैभन्दा ठूलो सहयोगी भएको बताउनुभयो ।

by RSS | Apr 29
img
राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार ९चाइना कमरसियल स्टक इन्टरप्राइजेज० को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गर्नुभयो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

by RSS | Apr 28
img
अमेरिकी राष्ट्रपति ट्रम्पलाई मोवाइलले झटारो हानियो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लक्षित मोबाइल प्रहार भएको छ। सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक भएको छ त्यसमा राष्ट्रपति ट्रम्पमाथि मोवाइल प्रहार भएको देखिन्छ । शुक्रबार इन्डियाना राज्यमा बन्दुक राख्न पाउनु पर्ने पक्षको भेलामा ट्रम्पमाथि मोबाइल फोन प्रहार भएको हो ।

by Anu Rana | Apr 28
img
दुई हजार वर्षको सैनिक सङ्ग्रहालयमा राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सियानस्थित माटोबाट बनेको सेनाको सङ्ग्रहालय ‘टेराकोटा वारियर्स म्युजियम’ अवलोकन गर्नुभएको छ । अवशेष प्रदर्शनमा विशिष्ट मानिने सो सङ्ग्रहालय आइपुग्दा राष्ट्रपति भण्डारीलाई प्रमुख पुरातत्वविद् होउले स्वागत गर्दै सङ्ग्रहालयका विषयमा जानकारी दिनुभयो । सो अवसरमा राष्ट्रपतिले आगन्तुक पुस्तिकामा हस्ताक्षर पनि गर्नुभयो । सो सङ्ग्रहालयमा दुई हजार वर्षभन्दा पुराना माटाका मूर्ति छन् ।

by RSS | Apr 26

LATEST NEWS