img
राप्रपाको घरदैलो

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ ७ र ८ गते देशभर घरदैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ । सम्पूर्ण नेपालीको घरमा पार्टीको एजेण्डा पु¥याउने उद्देश्यले घरदैलो कार्यक्रमको आयोजना गरिएको अध्यक्ष कमल थापाले बताउनुभयो । मुलुकमा व्याप्त भ्रष्टाचार, हत्या, हिंसा, बलात्कार, अपहरण, महङ्गी अन्त्यका लागि घरदैलो कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । 

by RSS | Jan 14
img
राजा वीरेन्द्रको नाममा उत्पादित ‘वीरेन्द्र वियर’ प्रति राप्रविसंको आपत्ति

नेपालीका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नामलाई ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ । ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर बेचिरहेको उक्त कम्पनीको बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको फोटोसमेत छ। पृष्ठभूमिमा पाँच तले मन्दिर पनि छ ।

by Anu Rana | Apr 29
img
निर्माण सामग्रीमा मूल्यवृद्धि रोक्न माग

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले भूकम्पपीडितले धमाधम घर निर्माण गर्न लागेका बेला सिमेन्ट र छडलगायत निर्माण सामग्रीमा भएको अचानक मूल्यवृद्धि रोक्न सरकारसँग माग गरेको छ । 

by RSS | Jan 23
img
सातै प्रदेशमा संयोजकको जिम्मेवारी

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) ले देशभर संंगठन सुदृढीकरण गर्ने उद्देश्यले सातै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेतालाई संयोजक तोकेको छ । 

by RSS | Jan 18
img
केन्द्रीय परिषदको बैठक वीरगञ्जमा

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी फागुनको दोस्रो सातामा केन्द्रीय परिषद्को बैठक वीरगञ्जमा गर्ने भएको छ । मुलुकको राष्ट्रिय राजनीतिमा पार्टीको सशक्त वैचारिक दृष्टिकोणलाई स्थापित गर्ने नयाँ रणनीति तथा पार्टीको अस्तित्व र पहिचानलाई परिवर्तित अवस्थामा कायम गर्ने विषयमा उक्त बैठकमा छलफल हुनेछ । 

by RSS | Jan 16
img
राप्रपा केन्द्रीय कार्यसमितिको बैठक शुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको बैठक बानेश्वरस्थित अनमोल क्याटरिङमा आजदेखि शुरु भएको छ । बैठकले निर्वाचनमा पार्टीले भोग्नुपरेको पराजयका कारणबारे समीक्षा गरिने र भावी कार्यनीतिबारे छलफल गरी नयाँ रणनीति निर्माण गरिने छ । 

by RSS | Jan 03
img
राजतन्त्र र गणतन्त्रको अन्योलबीच राप्रपाको पराजय

आन्तरिक विभाजनसँगै संवैधानिक राजतन्त्र वा लोकतान्त्रिक गणतन्त्रबारेको नीति र व्यवहारमा एकरुपता नहुँदा पुरानो शक्ति मानिने राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनमा पराजय भोगेको छ । यही मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामले सो पार्टीले अवलम्बन गर्दै आएको राजनीतिक सिद्धान्तलाई कार्यान्वयन नगरिएकाले जनताले अनुमोदन गरेको पाइएन । 

by RSS | Dec 12
img
राप्रपाले : ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा राख्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्रमा ‘राजासहितको प्रजातन्त्र’ लाई घोषणापत्रमा समेट्ने भएको छ । आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि निर्माण गर्न लागिएको घोषणापत्रमा संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रुपमा समावेश गरिन लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । 

by Ritesh Shah | Nov 03

LATEST NEWS