img
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान नेपालमा

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालीन हिजो नेपाल आउनुभएको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फाले) गत माघ ३ गते मुख्य प्रशिक्षक नियुक्त गरेपछि योहान राष्ट्रिय टोली सम्हाल्न नेपाल आइपुग्नुभएको हो ।

by Anu Rana | Feb 22
img
राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै

एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदैछ । थाइल्याण्डमा भएको छनोट प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली आज साँझ नेपाल आइपुग्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा नेपालले दुई खेलमा जीत निकाल्दै दोस्रो चरणका लागि छनोट भएको थियो । 

by RSS | Oct 29
img
राष्ट्रिय फुटबल टोली बङ्गलादेशतर्फ

बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आजै बङ्गलादेश प्रस्थान गर्नेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।

by RSS | Sep 30

LATEST NEWS