img
उद्योगधन्दाको व्यावसायिक विकास हुनुपर्छ : मन्त्री विश्वकर्मा

वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले नेपालको आर्थिक विकासका लागि उद्योगधन्दाको एकीकृत तथा व्यावसायिक विकास हुनुपर्नेमा जोड दिनुभएको छ । साना तथा मझौला व्यवसायी महासंघको चौधौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले देशमा साना तथा मझौला उद्योगको विकासको प्रचुर सम्भावना रहेको र त्यसलाई अवसरमा बदल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

by RSS | Jan 12