img
नागरिकतासम्बन्धी विवाद पुनः संयुक्त इजलासमा

सर्वोच्च अदालतले जन्मसद्धि नागरकिता लएिका नागरकिका सन्तानलाई वंशजको नागरकिता दनिे वषियमा पूर्ण सुनुवाइका लाग िसंयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो वषियमा पुनःसुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय नरिुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।

by RSS | May 17
img
गोकर्णेश्वरको न्यायिक समितिमा जग्गाको सीमा विवाद धेरै

स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताउनुभयो । दुई/तीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरुको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उहाँको भनाइ छ ।

by RSS | May 17
img
एनसेलको विवाद पूर्ण इजलासमा

सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिनुभयो ।

by RSS | May 08
img
बाह्र वर्षपछि सडक विवाद मिल्यो

निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलाउन कर्मचारीसहित प्रदेशसभा सदस्य गाउँमा पुगेका छन् । विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डमा विवाद सल्ट्याउन कर्मचारी लिएर प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह गाउँ पुगेका हुन् ।

by RSS | Apr 24
img
राष्ट्रपति ट्रम्प र संसद्बीचको विवाद अझै टुंगिएन

अमेरिकामा संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच देखिएको विवाद साम्य हुन सकेको छैन। यसबाट ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय संकट बढेको बताएका छन्। बढ्दो मानवीय तथा आप्रवासी संकट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।

by Anu Rana | Jan 11
img
सङ्घमा देखिएको विवाद अन्त्य गर्ने : मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आइतबार आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूदको तयारी तथा १८ औँ एशियाली खेलकूदको समीक्षा गर्न आयोजना गरेको समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विगतका कमी कमजोरीबाट पाठ सिकेर त्यसलाई सच्याउँदै अगाडि बढ्नुपर्ने पर्ने बताउनुभयो ।

by RSS | Dec 03
img
नेविसङ्घको विवाद टुङ्याउँदै काङ्ग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आज बस्ने केन्द्रीय समिति बैठकले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विवाद समाधान गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकले नेविसङ्घको विधान पारित गरी विवाद समाधान गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । नेविसङ्घको वर्तमान केन्द्रीय समितिको कार्यकाल आज मङ्सिर २ गते समाप्त हुँदैछ ।

by RSS | Nov 18
img
विवाद मिलाउन सात दिने चेतावनी

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तेक्वान्दो सङ्घमा देखिएको विवाद तत्काल अन्त्य गरी अगाडि बढ्न सात दिनको समयसीमा दिएको छ । राखेपका सदस्य सचिव केशवकुमार विष्टले मङ्गलबार विज्ञप्ति जारी गरी नेपाल तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो युनियनबीचको विवाद सधैँका लागि अन्त्य गर्न पत्रचार गर्दै सात दिने समयसीमा दिनुभएको हो । 

by RSS | Nov 14
img
पुस्तकालयमा दुई पक्षबीच विवाद

बाँकेको कोहलपुरस्थित ज्ञानोदय पुस्तकालय दुई पक्षको असमझदारीका कारण विवादमा परेको छ । वर्तमान कार्यसमितिले आफूखुशी आजीवन सदस्यता वितरण गरेको र असमझदारीबीच साधारणसभा खोजेको भन्दै पुस्तकालयमा तालाबन्दीसमेत गरेका छन् । “केही आजीवन सदस्यको विरोधका बाबजुद १७औँ साधारणसभा गर्नु, सदस्यताको टुंगो लगाउन नसक्नु र पुस्तकालय जस्तो पवित्र संस्थामा चरम राजनीतिक गुटबन्दी गर्न खोज्नु नै मुख्य विवादको कारण हो”,

by RSS | Aug 12
img
सिमेन्ट उद्योग र स्थानीयवासीबीच विवाद

त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित सिमेन्ट उद्योग र स्थानीयबीच विवाद चर्किएको छ । उद्योग स्थापना गर्दा आफूहरुसँग गरिएको प्रतिबद्धताअनुसार काम नगरेको जनाउँदै स्थानीयवासीले विरोध गरेपछि विवाद शुरु भएको हो । उद्योग स्थापना गर्दा स्थानीयवासीलाई रोजगारीको अवसर दिने, उद्योगबाट उत्सर्जन हुने धुवाँधुलोको व्यवस्थापन गर्दै पर्यावरणीय सन्तुलन कायम राख्ने, विकासका सबै गतिविधि वातावरणमैत्री बनाउने लगायत विषयमा उद्योगले स्थानीयवासीसँग सम्झौता गरेको थियो ।

by RSS | Jul 13
img
एनआइसी र बैंकर्स संघ बिचको विवादले बैक कारोवार रोकियो

एनआइसी एसिया बैंकले शुक्रबारदेखि बचत र मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि बैंकबीच विवाद चर्केको छ । एनआइसीले बचत खातामा १० प्रतिशत र मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने घोषणा गरेपछि अन्य बैंकले यो धेरै भएको भन्दै विवाद झिकेका हुन्। एनआइसी एशिया बैंकलाई भद्र सहमतिविपरीत ब्याजदर बढाएको भन्दै नेपाल बैंकर्स संघ(एनबिए)ले अन्तरबैंक कारोबारमा सहभागी नगराउन भनेर २७ वटा बैंकलाई पत्र पठायो ।

by Anu Rana | Mar 10

LATEST NEWS