img
विश्व नापतौल दिवस

नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ । ‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो । कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिनुभयो ।

by RSS | May 21
img
विश्वविद्यालयका शाखा अझै दाङ आएनन्

नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय बेलझुण्डीका दुई शाखा अझै दाङ आएका छैनन् । सर्वोच्च अदालतले सांस्कृतिक अध्ययन केन्द्र र अनुसन्धान केन्द्रलाई केन्द्रीय कार्यालय भएकै स्थानबाट सञ्चानलनमा ल्याउन आदेश जारी गरेको नौ महीना बितिसक्दा पनि ती शाखा दाङबाट सञ्चालन हुन सकेको छैन । तर अबको केही समयपछि ती शाखाहरु दाङ ल्याउने तयारी थालिएको विश्वविद्यालयका शिक्षाध्यक्ष रमेश ढकालले बताउनुभयो ।

by RSS | May 17
img
नेपालको विकासमा चीनको साथ रहने विश्वास

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको विकास र समृद्धिको यात्रामा चीनको सदैव साथ सहयोग रहने अपेक्षा गर्नुभएको छ । उपराष्ट्रपतिसँग चीनको कान्सु प्रान्तका गभर्नर ताङ रेन्जियानले आज गर्नुभएको शिष्टाचार भेटमा उपराष्ट्रपतिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न नेपालले छिमेकी मुलुक चीनसँग सहकार्य गर्न चाहेको बताउनुभएको छ ।

by RSS | May 16
img
विश्वमै दुर्लभ चिरकालिज संरक्षणका लागि पहल शुरु

पछिल्लो समय विश्वमै दुर्लभ चिरकालिजको व्यापक चोरी सिकारी हुन थालेपछि संरक्षणको लागि पहल शुरु गरिएको छ । सामुदायिक वन समूह र सरोकारवालाले संरक्षणका लागि चासो नदेखाएपछि यसको चोरी सिकारी रोक्न वन तथा वातारणमन्क्री शत्तिबहादुर बस्नेतको निर्देशनमा चिरकालिजलगायतका जङ्गली जनावरको संरक्षणका लागि चासो बढेको हो ।

by RSS | May 16
img
नेपाल विश्वको धार्मिक केन्द्र हो : उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विश्वकोे धार्मिक अस्थाको केन्द्र भएकोे बताउनुभएको छ । ‘यदुवंशी उत्थान समाज नेपाल’ले हरिपुर नगरपालिका–४ स्थित हरैयामा निर्माण गर्न लागेको कृष्ण मन्दिरको आज शिलान्याश गर्दै उहाँले हिन्दू धर्मावलम्बीका लागि आस्थाको केन्द्र जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथ रहेको छ भने बौद्ध धर्मावलम्बीका लागि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बनी पनि नेपालमै रहेको बताउनुभयो ।

by RSS | May 15
img
काङ्ग्रेसले जनताको विश्वास जित्नुपर्छ : वरिष्ठ नेता पौड्याल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले जनताले विश्वास जित्नेगरी पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल महिला सङ्घको मोरङको दुुईदिने प्रशिक्षण कार्यक्रमको आज विराटनगरमा उद्घाटन गर्नुुहँुुदै उहाँले काङ्ग्रेसप्रति जनताका विश्वास जोडिएकाले समयसापेक्षरुपमा परिवर्तन गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो । वरिष्ठ नेता पौड्यालले पार्टीलाई सङ्गठित बनाउन काङ्ग्रेस पार्टीको महाधिवेशन समयमा हुुनुुपर्ने अन्यथा सङ्गठन कमजोर हुने बताउनुभयो ।

by RSS | May 13
img
प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ ।

by RSS | May 12
img
एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत

बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ ।

by RSS | May 12
img
तेह्रौँ साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो–मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिता भव्यरुपमा आयोजना र सफलरुपमा सम्पन्न गर्ने गरी सरकार तयारीमा जुटिरहेको जानकारी दिनुभयो ।

by RSS | May 10
img
सन्दर्भः विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’

विश्व स्वच्छ व्यवसायी दिवस ‘उचित व्यापार अभियान’ भन्ने नाराका साथ शनिबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व स्वच्छ व्यवसायी सङ्गठनको आह्वानमा नेपालमा पनि स्वच्छ व्यवसायको प्रवद्र्धन तथा जनमानसमा त्यसबारे जानकारी गराउने हेतुले विगतमा झै यस वर्ष पनि विभिन्न कार्यक्रमकासाथ उक्त दिवस मनाउने तयारी गरिएको छ ।

by RSS | May 10
img
दोस्रो विश्वयुद्धको सम्झनामा काव्यिक साँझ

दोस्रो विश्व युद्धमा नाजी जर्मनीविरुद्ध रुसले विजय प्राप्त गरेको दिनको सम्झनामा आज आयोजित काव्यिक साँझमा यहाँस्थित रुसी सांस्कृतिक केन्द्रमा आज स्मरण गरिएको छ । युद्धकालीन पीडा र असर झल्काउने क्रान्तिकारी कविता, गीत र सङ्गीतको नेपाली अनुवादसहित प्रस्तुति गरिएको थियो ।

by RSS | May 09
img
सधैँका लागि शान्ति प्रक्रिया टु्ङ्गिएर विश्वमा नमूना बनोस् : अध्यक्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गरी विश्वमै उदाहरणीय बनाउनुपर्ने बताउनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले शान्ति प्रक्रियाका केही कुरा पूरा गर्न बाँकी रहेको उल्लेख गर्दै आफैँले शुरु गरेको शान्ति प्रक्रिया पूरा गर्न सहयोगी हातको खाँचो रहेको औँल्याउनुभयो ।

by RSS | May 09
img
प्राथमिक उपचारका लागि कोष सङ्कलन

विश्व रेडक्रस दिवसको उपलक्ष्यमा पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका विद्यार्थीले सचेतनासहित प्राथमिक उपचारका लागि कोष सङ्कलन गरेका छन् । रेडक्रसका जन्मदाता हेनरी ड्युनाको तस्बिरमा माल्यार्पण गरी शुरु गरिएको कार्यक्रममा रु १८ हजार ५६५ कोष सङ्कलन भएको अतिरिक्त क्रियाकलाप विभागका प्रमुख महेन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।

by RSS | May 08
img
विश्वविद्यालय एक महीनादेखि ठप्प

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ ।

by RSS | May 08
img
विश्वविद्यालय एक महीनादेखि ठप्प

कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ ।

by RSS | May 08
img
¥याफ्टिङ टोली अष्ट्रेलिया प्रस्थान

विश्व ¥याफ्टिङ च्याम्पियनसिपमा सहभागी हुन सात खेलाडीसहित आठ सदस्यीय नेपाली टोली आज अष्ट्रेलियाको क्विन्सल्यान्ड प्रस्थान गरेको छ । यही वैशाख ३० देखि हुने प्रतियोगितामा शक्तिकुमार गुरुङ, पदमबहादुर गुरुङ, दिपेश गुरुङ, सविन गुरुङ, सुनिल गुरुङ र रबिल मियाँले पुरुष खुला टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा सुरज गुरुङ रहेका छन् ।

by RSS | May 07
img
जनगणनालाई विश्वसनीय बनाउनुपर्ने

जनगणनालाई विश्वसनीय बनाउनुपर्ने आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय चितवनले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आयोजित अन्तरक्रियामा वक्ताले जनगणनाको तथ्याङ्कलाई आधार मानी विकास निर्माणका काम हुने भएकाले यसलाई विश्वसनीय बनाउन आवश्यक रहेको बताएका हुन् ।

by RSS | May 06
img
नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताउनुभयो ।

by RSS | May 05
img
प्रेसलाई कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव छैन

प्रेसलाइ कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव नभएकामा जोड दिइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता : लोकतन्त्रको आधार विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले राजनीतिक र सामाजिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

by RSS | May 03
img
सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त

सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ ।

by RSS | May 03