img
पाँच विद्यालय समायोजन

विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालय समायोजन गरिएको हो ।

by RSS | May 07
img
ओझेलमा व्यास भूमि

चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मभूमि तनहुँको दमौली प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार नहुँदा ओझेलमा परेको हो ।

by RSS | Apr 30
img
ओझेलमा व्यास भूमि

चार वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको जन्मभूमि तनहुँको दमौली प्रचारप्रसार अभावमा ओझेलमा परेको छ । पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चारवेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार नहुँदा ओझेलमा परेको हो ।

by RSS | Apr 30
img
व्यासप्रज्ञा स्मारिका विमोचन

दमौली, २३ मङ्सिर (रासस) : वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले प्रकाशित गरेको ‘व्यासप्रज्ञा’ स्मारिकाको आज विमोचन गरिएको छ । प्रतिष्ठानले २०७४ कात्तिक १ गतेदेखि २०७५ वैशाख १ गतेसम्म आयोजना गरेको १८ महीने अखण्ड हरिकीर्तन र गत कात्तिक १ गतेदेखि ३० गतेसम्म आयोजना गरेको महामिलन पर्वको गतिविधिलाई समेटेर ‘व्यासप्रज्ञा’ स्मारिका प्रकाशन गरेको हो ।

by RSS | Dec 09
img
व्यासको अग्लो मूर्ति स्थापना हुने

तनहुँको दमौलीस्थित शिव पाञ्चायन मन्दिर क्षेत्रमा १०८ फिटको वेदव्यासको मूर्ति स्थापना गरिने भएको छ । व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषले व्यासको मूर्तिसहित समग्र व्यास क्षेत्रको विकासका लागि गुरुयोजना निर्माणका लागि काठमाडौँस्थित अर्थक्वेक सेफ्टी सोलुसन्सलाई जिम्मा दिएको छ । कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले अग्लाअग्ला मूर्ति भएका संसारका विभिन्न ठाउँका विज्ञसँग छलफल गरेर कम्पनीले व्यासको मूर्तिको काम गरिरहेको जानकारी दिनुभयो ।

by RSS | Nov 21
img
भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु

भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो । 

by RSS | Mar 15

LATEST NEWS