img
शहीद स्मारक फुटबल : पुल्चोक स्पोर्टस क्लब विजयी

राजधानीमा जारी शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा पुल्चोक स्पोर्टस क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा क्म्प्लेक्सको खेल मैदान भएको खेलमा पुल्चोकले मध्यपुर युथ एशोसिएशनलाई २÷१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पुल्चोकको जितमा रामकाजी कुमाल र टिकाराज गुरुङले एक एक गोल गरे ।

by RSS | Feb 14
img
शहीद स्मारक फुटबल : एपिएफले आर्मीलाई हरायो

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । एपिएफको जितमा आशिष लामाले दुबै गोल गरेका थिए ।

by RSS | Dec 23