img
बर्डफ्लु रोगविरुद्ध सचेतना अभियान

स्वास्थ्य मन्त्रालयले बर्डफ्लु रोगविरुद्ध यहाँ सचेतना अभियान कार्यक्रम थालेको छ । सो रोगबाट काभ्रेपलाञ्चोकका २१ वर्षीय युवकको मृत्यु भएको तथ्य सार्वजनिक भएपछि यहाँका कुखुरापालक किसान तथा सर्वसाधारण त्रसित देखिएकाले जिल्लास्थित भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सचेतना अभियान कार्यक्रम थालेको हो ।

by RSS | May 15
img
आँखाको क्यान्सर सचेतना सप्ताह मनाइँदै

तिलगङ्गा आँखा प्रतिष्ठान र आँखाको प्लास्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजको संयुक्त आयोजनामा रेटिनोब्लास्टोमा (आँखाको क्यान्सर) रोगबारे चेतना जगाउने उद्देश्यले ‘विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह’ यही वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन गरिएको छ । रेटिनोब्लास्टामा बालबालिकामा हुने एक किसिमको आँखाको क्यान्सर हो र करीब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा यो रोग देखा पर्न सक्छ ।

by RSS | May 13
img
मलेसियामा श्रमिक सचेतना कार्यक्रम

क्वालालम्पुरस्थित नेपाली दूतावासले मलेसियाका विभिन्न राज्यमा रहेका नेपालीलाई एकीकृत ढङ्गबाट सेवा एवं कानूनी परामर्श दिने उद्देश्यले श्रमिक सचेतना तथा अन्तक्र्रिया गर्ने भएको छ । सो क्रममा दूतावासबाट प्रवाह गरिने सेवा, श्रमिकका गुनासा एवं समस्याको सुनुवाइ तथा रोजगारी सुरक्षा र कानूनी परामर्शका विविध पक्षमा जानकारी गराइने दूतावासले जनाएको छ ।

by RSS | Apr 05
img
पाठेघरको मुखको क्यान्सरसम्बन्धी सचेतनामा जोड

ग्रामीण क्षेत्रमा अधिकतम कार्यबोझका कारण महिलाको पाठेघरको मुखको क्यान्सरको बढेको भन्दै स्थानीय सरकारले सावधानी अपनाउन थालेका छन् । उनीहरुले विभिन्न कार्यक्रममार्फत पाठेघरको मुखको क्यान्सर भएका महिलाको उपचार गरेर तथा सचेतना फैलाएर सावधानी अपनाउन थालेका हुन् । जिल्लाको तातोपानी गाउँपालिकाले महिलाको पाठेघर खस्ने र पाठेघरको मुखमा क्याम्पस हुने

by RSS | Mar 08
img
दुर्घटना न्यूनीकरण सम्बन्धी सचेतना अभियान शुरु

सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी सप्ताहव्यापी सचेतना अभियान प्रारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले प्रारम्भ गरेको उक्त अभियान अन्तर्गत आज राजविराजस्थित गजेन्द्र चोकमा कार्यक्रम गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जाडोको समयमा हुस्सुका कारण दुर्घटना हुने गरेकोले चालकलाई सवारी सधानमा फग लाइट, इण्डिकेटर, वाइफर लगायतलाई दुरुस्त राख्न आग्रह गर्नुभयो । 

by RSS | Dec 25
img
प्रहरी सचेतनाले घट्यो आत्महत्या

रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको सङ्ख्या घट्दै गएको छ । जिल्ला प्रहरी कार्यालयको अभिलेख अनुसार पछिल्ला तीन वर्षयता यो दर घट्दै गएको देखिएको छ । जिल्ला प्रहरी कार्यालयका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ मा ४३ जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष ०७३÷७४ र ०७४÷७५ मा यो सङ्ख्या २८ मा झरेको थियो ।

by RSS | Dec 12
img
विद्यार्थीलाई पढाउँदै प्रहरी

जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान शुरु गरेको छ । जिल्लाका विद्यालयमा कक्षा ८ देखि १२ सम्म पढ्ने विद्यार्थीलाई लक्ष्य गरी सो अभियान थालिएको हो । प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार विद्यार्थीलाई कक्षाकोठामा राखेर प्रहरी अधिकृतले नियमित रूपमा लागूऔषध

by RSS | Sep 30
img
सडकमा ट्राफिक सचेतना बोर्ड

स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गको छेउछाउमा ट्राफिक सचेतनामूलक सूचना बोर्ड राखिएको छ । भारतीय पर्यटकका साथै सार्वजनिक र निजी सवारी साधन बाक्लो रूपमा गुड्ने भएकाले सडकखण्डको विभिन्न ठाउँमा ट्राफिक नियमको जानकारीसहितका सूचना बोर्ड राखिएको हो । बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म कुनै पनि मालबाहक बस, ट्रकबाट सामान बजार क्षेत्रमा

by RSS | Sep 27
img
गुणस्तर सुनिश्चित गर्न सचेतनामूलक कार्यक्रम 

खाद्य मानिसको जीवन जीउने आधार हो । खाद्यबिना मानिसको जीवनको कल्पना गर्न सकिँदैन । यस्तै, स्वस्थ रहनका लागि सुरक्षित खाना खानु निकै आवश्यक छ । खानाले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ ।

by Anu Rana | Sep 07

LATEST NEWS