img
ढोलाहिटी–लेले सडक कात्तिकसम्म कालोपत्र

ढोलाहिटी–लेले सडकखण्डमा कालोपत्रको काम आगामी कात्तिकसम्ममा सम्पन्न गर्ने सहमति भएको छ । झण्डै चार वर्ष पहिले सडक विस्तारको काम शुरु भए पनि निर्माण अघि नबढेपछि अहिले भइरहेको चौडाइमा नै कालोपत्र गर्ने सहमति भएको हो । झण्डै १० किलोमिटरको सो सडक कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै स्थानीयवासीले एक सातादेखि सडक बन्द गरिरहेका थिए ।

by RSS | May 17
img
मराङमा सडक निर्माण

म्याग्दीको धवलागिरी गाउँपालिका ६ मराङको कुम्री गाउँमा सडक पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा उपभोक्ता समिति मार्फत बेशीदेखि कुम्री जोड्ने सडक निर्माण भएको हो । गाउँपालिकाको ३८ लाख रुपैयाँको अनुदान र स्थानीयको चार लाख २५ हजार ६६५ रुपैयाँ बराबरको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर गर्बुजाले बताउनुभयो ।

by RSS | May 17
img
बौद्ध सडकमा कालोपत्र शुरु

लामो समयदेखि अलपत्र चाबहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्डमा कालोपत्र शुरु भएको छ । ठेकेदार कम्पनी युनाइटेड विल्डर्सले टुसालबाट जोरपाटीतर्फ कालोपत्र शुरु गरेको हो । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीयवासी, व्यवसायी र सर्वसाधारणले गतसाता यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका थिए ।

by RSS | May 16
img
कार्यवाहक प्रधानमन्त्री पोखरेलद्वारा सडक शिलान्यास

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले भक्तपुरको नगरकोटस्थित तेलकोटमा तेलकोटदेखि भट्टेडाँडासम्मको साढे सात किमी हरिगुरु मार्ग सडक शिलान्यास गर्नुभएको छ । चाँगुनारायण नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा उहाँले गतवर्ष मस्तिष्काघातबाट निधन हुनुभएका प्रदेशसभा सदस्य स्वर्गीय हरिशरण लामिछानेको आज भएको वार्षिक पुण्यतिथिका अवसरमा उहाँकै नाममा सडक नामाकरण गरी शिलन्यास गर्नुभएको हो ।

by RSS | May 15
img
सडकमा हाट बजार लाग्दा हैरानी

कपिलवस्तुको सबैभन्दा पुरानो हाट बजार गजेहडालाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने सर्वसाधारणले माग गरेका छन् । साताको एक दिन बिहीवार वाणगङ्गा नगरपालिकाको गजेहडामा लाग्ने हाट बजार सडकमै लाग्दा स्थानीयवासीलाई आवाजतजावत र यात्रुलाई समस्या हुने गरेको छ । हाट बजार व्यवस्थित नहुँदा सबैलाई समस्या देखिएको हो । सडकमै दैनिक उपभोग्य वस्तु, तरकारी, कपडा पसललगायत सामग्रीले सडक भरिएको हुन्छ ।

by RSS | May 14
img
कावा प्रमद्वारा तेलकोट– भट्टेडाँडा सडक शिलान्यास

रक्षामन्त्री ईश्वर पोखरेलले भक्तपुरको नगरकोटस्थित तेलकोटदेखि भट्टेडाँडासम्मको साढे सात किमि हरिगुरु मार्गको आज तेलकोटमा शिलान्यास गर्नुभएको छ । गत वर्ष मष्तिष्कघातबाट निधन हुनुभएका प्रदेशसभा सदस्य हरिशरण लामिछानेको वार्षिक पुण्यतिथिका अवसरमा उहाँकै नाममा सो सडकको नामाकरण गरिएको हो ।

by RSS | May 14
img
तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द

विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा १३ वर्षअघि खोलिएको तिलगङ्गा–ताम्रगङ्गा–गुह्येश्वरी सडक बन्द गर्नका लागि प्रक्रिया शुरु भएको छ । विश्व सम्पदा क्षेत्रको बीचबाट सडक खोलिएको भन्दै संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले पटक पटक बन्द गर्न आग्रह गर्दै आएको थियो ।

by RSS | May 14
img
आलेख :बेनी–जोमसोम–कोरला सडक सुस्तायो

कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक सुस्ताएको छ । पारवहन र व्यापारिक हिसाबले निकै महत्वपूर्ण मानिने कोरला नाकाको आधार यस सडक निर्माणको गति सुस्त भएपछि आयोजनामाथि चौतर्फी दबाब बढेको छ । दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बेनीदेखि जोमसोमसम्म कालोपत्र र जोमसोमदेखि कोरला नाकासम्म ग्राभेल गर्ने गरी सडक स्तरोन्नति थालिएको हो ।

by RSS | May 13
img
लोकसञ्चार मार्ग : नुवाकोट–हेटाँैडा वैकल्पिक सडकको अन्योल हट्यो

विगतमा प्रदेशमा गएको लोकसञ्चार मार्ग (जिलिङ्ग सिमखेत—केउरिनी–कुमरी झ्याङ्लीपोखरी, आचार्य पोखरी–धार्के–नुवाकोट धादिङ) सडक केन्द्र सरकारले नै कार्यान्वयन गर्ने भएको छ । उक्त सडक दुई लेनमा विस्तार गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भए पनि चालू आव २०७५÷७६ मा भौतिक मन्त्रालयको बजेट शीर्षक नं ३३७–३३५ प्रदेशमा हस्तान्तरण गर्ने निर्णयसँगै प्रदेशमा गएको थियो ।

by RSS | May 12
img
आकाशे पुल निर्माणमा ढिलाइ

कोटेश्वर–कलङ्की सडक खण्डमा आकाशे पुलःनिर्माणमा ढिलाइ भएको छ । निर्माणाधीन आकाशे पुलको ठेक्का सम्झौताअनुसार गत पुसमा नै अवधि सकिए पनि अहिलेसम्म भौतिक प्रगति ज्यादै न्यून छ । यो सडकमा छ स्थानमा आकाशे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।

by RSS | May 12
img
पाण्डुबजार गुण्डु सडक शिलान्यास

सूर्यविनायक नगरपालिका–६ पाण्डुबजारबाट वडा नं ७ गुण्डु जाने सडकको कालोपत्रसहित विस्तार कार्यको शिलान्यास भएको छ । प्रतिनिधिसभाका सांसद, नेकपाका केन्द्रीय सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले आज उक्त सडकको शिलान्यास गर्नुभएको हो । डिभिजन सडक कार्यालय भक्तपुरको रु पाँच करोडको लागतमा निर्माण हुन लागेको उक्त सडक विस्तारसँगै २० फिट चौडाइ सडकमा कालोपत्र, फुटपाथ र नाली निर्माणसमेत गरिने भएको छ ।

by RSS | May 12
img
सडकमा हाट बजार लाग्दा हैरानी

कपिलवस्तुको पुरानो हाट बजार गजेहडा हाटबजारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नु पर्ने सर्बसाधारणले माग गरेका छन् । साताको एक दिन बिहिवार वाणगङ्गा नगरपालिकाको गजेहडामा लाग्ने हाटबजार सडकमै लाग्दा स्थानीयलाई आवतजावत गर्न समस्या हुने गरेको छ । हाट बजार व्यवस्थित नहुदा सबैलाई समस्या देखिएको हो । सडकमै दैनिक उपभोग्य वस्तु, तरकारी, कपडा पसललगायतका सामाग्रीले सडक भरिएको हुन्छ ।

by RSS | May 10
img
तिंकर सडक निर्माण तीव्र

व्यास गाउँपालिका–५ धौलाकोटका रतनसिह धामी यो साता धौलाकोटको नाजीसम्म ट्रयाक्टर पुग्दा निकै खुसी हुनुभयो । तीन जना ट्रयाक्टर व्यवसायी, सडक निर्माण गरिरहेको महालक्ष्मी कन्सर्टक्सनका प्रतिनिधिलाई गाउँमै फुलमाला लगाएर भव्य स्वागत गर्नुभयो । खुसीयालीमा खसी काटिए । गाउँमा भोजको आयोजना गरियो ।

by RSS | May 10
img
चापागाउँ –सातदोबाटो सडक मर्मत हुने

तीन वर्षदेखि अलपत्र अवस्थामा रहेको चापागाउँ –सातदोबाटो सडक अबको हप्ता दिनभित्र मर्मत हुने भएको छ । लामो समयदेखि धुवाँधुलो र हिलाले आजित चापागाउँबासीले बिहीबार र आज क्रमशः एक र दुई घण्टा यातायात अवरुद्ध पारी आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् । विगतमा उक्त सडक निर्माणको ठेक्का कन्ट्रयाक्ट निर्माण प्रालिले लिएको थियो ।

by RSS | May 10
img
सडक खन्ने क्रममा देवस्थल फेला

रामप्रसाद राई गाउँपालिका–३ भुल्केमा सडक खन्ने क्रममा देवीदेवताको मूर्ति फेला परेको छ । देवताको मूर्ति फेला परेपछि सो स्थललाई अहिले ‘गुप्तेश्वर महादेव’ नामाकरण गरी स्थानीयले संरक्षण गरिरहेका छन् । स्थानीय पुजारी गणेशप्रसाद निरौलाका अनुसार परापूर्व कालमा त्यहाँ देवस्थल रहेको तर पहिरोले पुरिएको हुनसक्ने र अहिले सडक खन्ने क्रममा मूर्ति फेला परेको हो ।

by RSS | May 10
img
सडक सुरक्षाका लागि फोटो प्रदर्शनी शुरु

काठमाडौँ महानगरपालिकाले सडकमा हुने सवारी दुर्घटना कम गर्नका लागि सडक सुरक्षासँग सम्बन्धित फोटो प्रदर्शनी आजदेखि शुरु गरेको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा शुरु भएको उक्त प्रदर्शनी आगामी आइतबारसम्म सञ्चालनमा रहनेछ । प्रदर्शनीमा सडक दुर्घटना, नियमको पालना र नागरिक सचेतना गरी तीन विधाका तस्बीर प्रदर्शनमा राखिएको छ ।

by RSS | May 10
img
बौद्ध सडक तत्काल कालोपत्र हुने

लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए ।

by RSS | May 10
img
लगनखेल–सातदोबाटो सडक निर्माण सुस्त

जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वाेच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ ।

by RSS | May 10
img
दुर्गम बस्तीमा सडक र सिँचाइ पुगेपछि....

सडक र सिँचाइको सुविधा पुगेपछि दैलेखका दुर्गम क्षेत्रका किसानले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँमै मध्यपहाडी सडक र घरमै सिँचाइ कुलो निर्माण भएपछि दैलेखका जगनाथ, पगनाथ, मनघरका १५० किसान अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।

by RSS | May 09
img
तीन सडक शिलान्यास

सांसद महेश बस्नेतले आज एकै दिन कूल रु ११ करोड ८० लाखको लागतमा निर्माण हुन लागेका तीन सडकको शिलान्यास गर्नुभएको छ । उहाँले सूर्यविनायक नगरपालिका–७ गुण्डू पीपलडाँडा बसपार्क सडक, गुण्डु ओरालोदेखि तीनधारे सडक र पलासेबाट काँक्राबारी सडकको आज शिलान्यास गर्नुभएको हो । एचआरभी कन्सट्रक्सनले रु पाँच करोडको लागतमा १४ मिटर चौडा सडक निर्माण गर्ने भएको हो ।

by RSS | May 09