img
स्रष्टा सम्मानित

नेपाली भाषा, कला र साहित्यको प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने विभिन्न विधाका स्रष्टालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले सम्मान गरेको छ । स्रष्टा सम्मानको रजत वर्षको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा आख्यान विधामा योगदान गरेको भन्दै ‘गङ्गादेवी चौधरी स्मृति सम्मान’ पद्मावती सिंहलाई प्रदान गरिएको छ । पुरस्कारको राशि नगद रु एक लाख र कदरपत्र रहेको छ ।

by RSS | May 12
img
आदर्श शिशुपथद्वारा सम्मानित

आदर्श शिशुपथ समाजले नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेलसहित तीनलाई आज यहाँ सम्मान गरेको छ । सम्मानित हुनेमा लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वानको गभर्नरमा निर्वाचित राजन खत्री र पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डिन डा शैलेशमणि पोखरेल हुनुहुन्छ ।

by RSS | May 12
img
सङ्गीत क्षेत्रमा योगदान पु¥याउने व्यक्ति सम्मानित

कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयको ५६ औंँ वार्षिकोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गरिएको छ । विद्यालयले कलाकार, मिडियाकर्मी, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।

by RSS | May 10
img
आमाको सम्मान गर्ने संस्कारलाई जीवन्त गर्नुपर्ने

उमेर ढल्किएर गएसँगै परिवार तथा समाजबाट टाढिएर एक्लोपनमा जीउन बाध्य वृद्धवृद्धालाई नेपाल गृहस्थ धर्म सेवा सदनले आश्रय दिँदै आएको छ । उक्त सदनले विभिन्न विभिन्न चाड पर्वमा भोजन तथा कपडा वितरण गर्दै आएकामा मातातीर्थ औँशीका अवसरमा कार्यविनायक मन्दिरमा सामाखुशी, रानीवारी, नयाँ बसपार्क, टाउनप्लानिङ तथा अन्य क्षेत्रका ५० वृद्ध तथा असहाय आमालाई भोजन तथा प्रसाद वितरण ग¥यो ।

by RSS | May 06
img
अभियानकर्मी डा परियार सम्मानित

सामाजिक अभियानकर्मी डा विष्णुमाया परियारलाई इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकले सम्मान गरेको छ । डा परियारलाई इन्द्रावती गाउँपालिका र जर्सी सिटी अमेरिकाबीच भगिनी सम्बन्ध स्थापना गर्न अतुलनीय योगदान गरेकाले सम्मान गरिएको हो ।

by RSS | May 06
img
आगामी वर्ष नेपाली पत्रकारिता सुरक्षा र सम्मानको वर्ष हुनेछः मन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनुभएको छ । सोह्रौँ अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो।

by RSS | May 03
img
सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त

सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ ।

by RSS | May 03
img
राष्ट्रिय क्रिकेट टोली नगदसहित सम्मानित

संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको ऐतिहासिक एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज नगदसहित सम्मानित गरिएको छ ।

by RSS | May 02
img
पुरस्कार स्वर्गद्वारी आश्रम तथा सम्मान वज्राचार्यलाई

रुपकुमारी अध्यात्म सेवा अनुष्ठानले यस वर्षको ‘अध्यात्म सेवा पुरस्कार’ प्यूठानस्थित स्वर्गद्वारी आश्रमलाई प्रदान गर्ने भएको छ । अनुष्ठानले करीब १२५ वर्षदेखि अध्यात्म क्षेत्रको संवद्र्धनमा योगदान पु¥याएकाले उक्त संस्थालाई पुरस्कृत गर्न लागेको हो । यसैगरी करीब छ दशकदेखि अध्यात्म क्षेत्रको उन्नयनमा क्रियाशील मान वज्राचार्यलाई ‘रुपकुमारी अध्यात्म सेवा सम्मान’ प्रदान गरिने भएको छ ।

by RSS | May 02
img
भिक्षु अश्वघोषको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

मन्त्रिपरिषद्को आजको बैठकले नेपालका छैँटौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थवीरको अन्त्येष्टि विशेष राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय गरेको छ । भिक्षुको निधनप्रति समवेदना व्यक्त गर्दै बैठकले राष्ट्रिय सम्मानका साथ उहाँको पार्थिव देहको अन्त्येष्टि गर्ने र अन्त्येष्टि खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राससलाई जानकारी दिनुभयो ।

by RSS | Apr 07
img
सागरलाई ‘मैनाली कथा सम्मान’

‘मैनाली कथा सम्मान’ कथाकार विजय सागरलाई प्रदान गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान र साहित्यिक पत्रकार सङ्घद्धारा मङ्गलबार आयोजित ३७औँ कथा दिवसमा कथाकार गुरुप्रसाद मैनालीको नाममा स्थापित सम्मान सागरलाई प्रदान गरिएको हो । कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरीले मोफसलमा बसेर नेपाली भाषा र साहित्यको विकासमा कथाकार सागरले निर्वाह गर्नुभएको भूमिका अतुलनीय रहेको बताउनुभयो ।

by RSS | Apr 03
img
गौ सेवकराम दाइ सम्मानित

पशुपति वनकालीमा नन्दी सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने (गोपाल) यसवर्षको ‘साइनिङ वल्र्ड कम्पासन एवार्ड’द्वारा पुरस्कृत हुनुभएको छ । सुप्रिम मास्टर इन्टरनेशनल एशोसिएशनले शनिबार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा न्यौपानेलाई एवार्डको साथमा सो संस्थाकी सञ्चालिका सुप्रिम मास्टर चिङ्हाइले पठाउनुभएको ३० हजार अमेरिकी डलरको चेक मास्टरका अनुयायीको तर्फबाट नेपाल भेगन एशोसियशनका

by RSS | Dec 30
img
विभिन्न क्षेत्रका २६ व्यक्ति सम्मानित

नागरिक एकता समाजले मुलुक निर्माणमा सहयोग पु–याउने विभिन्न क्षेत्रका २६ जना व्यक्तिलाई सम्मान गरेको छ । समाजद्वारा यहाँ शनिबार आयोजित ‘मुलुकको आर्थिक समृद्धि र सहकार्य राष्ट्रका लागि अपरिहार्य’ विषयक अन्तरक्रिया, सम्मान तथा विविध सांस्कृतिक कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झाले नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्णप्रसाद पोखरेल र धनुषा डिष्टिलरी प्रालिका अध्यक्ष किशनकुमार धनावतलगायतलाई सम्मान गर्नुभयो ।

by RSS | Dec 23
img
उत्तर प्रदेशका मुख्यमन्त्री योगीको सम्मान

सीताराम विवाह महोत्सवअन्तर्गत अयोध्याबाट जन्तीमा आउनुभएका भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई प्रदेश नं २ सरकारले आज यहाँ सम्मान गरेको छ । मधेश भवनमा आयोजित सम्मान समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई स्वागत गर्दै अभिनन्दन पत्र प्रदान गर्नुभएको थियो । मुख्यमन्त्री राउतले अभिनन्दन पत्रमा नेपाल भारतको धार्मिक,

by RSS | Dec 12
img
उपप्रमुख गुरुङ गोर्खाली ताराबाट सम्मानित

पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ गोर्खाली तारा २०७५ बाट सम्मानित हुनुभएको छ । समाजमा शिक्षा, स्वास्थ्य र महिला तथा बालबालिकाको क्षेत्रमा उपप्रमुख गुरुङले पु¥याएको योगदानलाई कदर गर्दै गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा बुधबार साँझ आयोजित कार्यक्रममा उहाँलाई ‘गोर्खा तारा २०७५’ बाट सम्मान गरेको हो ।

by RSS | Nov 22
img
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते सङ्घले आफ्ना अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । सिङ्गापुर अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका कास्य विजेताद्वय आर्यन रञ्जित, सागर शाही तथा थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपकी रजत विजेता कृति गौतम र कास्य विजेता डिगम्बरप्रसाद पन्तलाई सम्मान गरेको हो ।

by RSS | Oct 12
img
ज्येष्ठ नागरिकलाई सम्मान

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा यहाँका असहाय ज्येष्ठ नागरिकलाई सोमबार सम्मान गरिएको छ । नेपालगञ्जस्थित नीलसागरमा असहाय ज्येष्ठ नागरिक सेवा केन्द्रका २२ ज्येष्ठ नागरिकलाई खादा र टीका लगाएर प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सम्मान गर्नुभएको हो । सो अवसरमा केन्द्रका अध्यक्ष सरिता खनाललाई नेपालगञ्ज उपमहानगरपालिकाको तर्पmबाट प्रमुख डा धवलशम्शेर राणाले उत्कृष्ट सामाजिक अभियन्ताको

by RSS | Oct 02
img
पत्रकार पोखरेल भारतमा सम्मानित

पत्रकार एवं मिडिया उद्यमी शम्भु पोखरेललाई ‘भारतीय न्युजपेपर एशोसिएसन’ ले ‘कलम के सिपाही अवार्ड’ प्रदान गरेको छ । मिडिया उद्यमी वल्र्ड ट्रेड ग्रुपका अध्यक्ष तथा बिजनेश टेलिभिजनका कार्यकारी अध्यक्ष पोखरेललाई पत्रकारिताको क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै उत्तर प्रदेशमा आयोजित कार्यक्रममा एशोसिएसनको २४ औँ वार्षिकोत्सवको अवसरमा सम्मान गरिएको हो ।

by RSS | Sep 28
img
शहीदप्रति श्रद्धाञ्जलि र मुलुकप्रति सम्मान

शहीदप्रति श्रद्धाञ्जलि र राष्ट्रप्रति सम्मान भाव प्रकट गरी संविधान दिवस मनाइएको छ । नेपालगञ्ज उपमहानगरपालिका कार्यालयमा आयोजित कार्यक्रमका सहभागीले नेपालमा लोकतान्त्रिक संविधान प्राप्तिको आन्दोलनमा जीवन आहुति दिने शहीदको तस्बीरमा पुष्पगुच्छा अर्पण गरेका थिए । कार्यक्रममा प्रदेश नं ५ प्रदेशसभामा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सांसद सुरेन्द्रबहादुर हमालले शहीदले कल्पना गरेको शान्त र समृद्धशाली मुलुक

by RSS | Sep 19
img
स्रष्टा सम्मान

नेपाल स्रष्टा समाजले यस वर्ष स्रष्टा सम्मान तीन स्रष्टालाई अर्पण गर्ने भएको छ । शास्त्रीय शैलीका रचनाकार स्व नारायणदत्त शास्त्रीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान, साहित्य र सञ्चारका क्षेत्रमा साधनारत् स्रष्टा सिर्जना शर्मालाई दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान र रमेश शुभेच्छुकलाई प्रसिद्ध कँडेल स्मृति युवा सम्मान गरिने समाजका पुष्पा खनालले जानकारी दिनुभयो ।

by RSS | Aug 22

LATEST NEWS