img
युनेस्को सम्मेलनका लागि शिक्षामन्त्री चीनतर्फ

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) तथा चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल आज चीनको बेइजिङ प्रस्थान गर्नुभएको छ । कम्प्युटर विज्ञानमा ‘आर्टिफिसियल इन्टेलिजेन्स¬’ लाई यन्त्रले प्रदर्शन गर्ने बौद्धिक कार्य मानिन्छ ।

by RSS | May 15
img
इञ्जिनीयरिङ सम्मेलन शुरु

इन्ष्टिच्युट अफ अटोमोटिभ इञ्जिनीयरिङ (एआइइ) द्वारा आयोजित दुई दिने अटोमोटिभ इञ्जिनीयरिङ सम्मेलन आजदेखि धुलिखेलमा शुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै सांसद तथा नेकपाका नेता योगेश भट्टराईले सुरक्षित यात्राको लागि आधुनिक प्रविधि भित्र्याउनु पर्ने बताउनुभयो ।

by RSS | May 12
img
‘अन्तर्राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ सम्पन्न

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा अवस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पाचौँ ‘अन्तराष्ट्रिय युवा वैज्ञानिक सम्मेलन’ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विज्ञान सामुदायिक सङ्गठन तथा मध्यपश्चिम विश्वविद्यालयको सह–आयोजनामा सुर्खेतमा बुधबारदेखि सम्मेलन शुरु भएको थियो ।

by RSS | May 10
img
पाथिभरा राष्ट्रिय पुरुष भलिबल वैशाख तेस्रो साता

तेस्रो संस्करणको पाथिभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता वैशाख तेस्रो सातादेखि ताप्लेजुङमा हुने भएको छ । उक्त प्रतियोगिता यही वैशाख २२ देखि २६ गतेसम्म हुने छ । नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा मौवाखोला क्लब र न्यू पाथिभरा क्लबको सह आयोजनामा हुन लागको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक दिवस चोङवाङले जानकारी दिनुभयो ।

by RSS | Apr 23
img
लगानी सम्मेलनको प्रभाव ः ३१ परियोजनामा २५ खर्बको प्रस्ताव

सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका साथ गत चैत १५ र १६ गते आयोजना गरेको सम्मेलनमा क्रममा प्रस्तुत भएका कूल ७७ परियोजना मध्ये ३१ परियोजनामा कूल रु २५ खर्ब बराबरको लगानी प्रस्ताव आएको छ ।

by RSS | Apr 21
img
लगानी सम्मेलन : तीन हजार मेगावाट क्षमताका आयोजनामा लगानी जुट्ने

करीब तीन हजार मेगावाट क्षमताका ऊर्जा परियोजनामा लगानी जुट्ने निश्चित भएको छ । शनिबार सम्पन्न लगानी सम्मेलनमा व्यक्त गरिएको प्रतिबद्धताका आधारमा जलविद्युत् तथा सौर्य ऊर्जाका दुई हजार ९५२ मेगावाट क्षमताका परियोजनामा लगानी जुट्ने देखिएको हो । केही ठूला जलविद्युत् आयोजनामा लगानी गर्न विदेशी लगानीकर्ता तयार देखिएका छन् भने केही आयोजनामा संयुक्त लगानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।

by RSS | Mar 31
img
खाद्य सम्प्रभुता र किसान अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

राष्ट्रिय किसान आयोगले खाद्य सम्प्रभुुता र किसान अधिकारसम्बन्धी प्रथम अन्तर्राष्ट्रिय सम्मेलन फागुन २६ देखि २८ गते गर्ने भएको छ । आयोगले बुधबार यहाँ पत्रकार सम्मेलन गरी किसानको अधिकारलाई ऐनमा तर्जुमा गर्ने उद्देश्यका साथ सम्मेलन गर्न लागेको जानकारी दिएको छ । आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले सम्मेलनमा खाद्य सम्प्रभुुतासम्बन्धी विभिन्न विधामा १५ वटा कार्र्यपत्र प्रस्तुत हुने

by RSS | Mar 07
img
अन्तर्राष्ट्रिय अहिंसा शान्ति सम्मेलन हुँदै

नेपाल जैन परिषद्को स्वर्ण महोत्सवमा अन्तर्राष्ट्रिय अहिंसा शान्ति सम्मेलन २०७५ हुने भएको छ । नेपाल जैन परिषद्को स्वर्ण महोेत्सवको अवसरमा कृष्ण प्रणामी युवा परिषद् नेपाल समेतको सहकार्यमा हुन लागेको यस सम्मेलनको मुख्य उद्देश्य हिंसारहित समाजको निर्माण रहेको नेपाल जैन परिषद्का अध्यक्ष फलकुमारी लालमणिले जानकारी दिनुभयो । 

by RSS | Mar 01
img
जुनियर रेडक्रसको सम्मेलन सम्पन्न

आगामी दिनमा मानवीय सेवाका क्षेत्रमा अझ अनवरतरुपमा तल्लीन रहने प्रतिबद्धता जनाउँदै नेपाल रेडक्रस सोसाइटीको राष्ट्रि«य जुनियर तथा युवा रेडक्रसकर्मीको दुईदिने ३९आँै सम्मेलन यहाँस्थित कुडहरमा सम्पन्न भयो । रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घद्वारा प्रवद्र्धित ‘केन्द्रमा युवा नीति’ तथा सोसाइटीको ‘युवा संलग्न नीति’ प्रति प्रतिबद्ध रही प्राकृतिक, सामाजिक र मानवीय सेवाका विविध गतिविधिलाई अझ प्रभावकारी सञ्चालन गर्ने सम्मेलनले प्रतिबद्धता जनाएको छ ।

by RSS | Feb 25
img
पाँचौँ संस्करणको उद्यमशील सम्मेलन हुने

यही फागुन १७ गते पाँचाँै संस्करणको एक दिने महिला उद्यमशीलता सम्मेलन हुने भएको छ । नेपाली युवा उद्यमी मञ्चले आज पत्रकार सम्मेलनको आयोजना गरी दश वटा प्रदर्शनी कक्षसहितको सम्मेलन हुने जानकारी गराएको हो । सम्मेलनमा चितवन, विराटनगर, कास्की, जनकपुर, कैलाली, सुनसरी र धनगढी जिल्लाबाट २०० उद्यमी महिला सहभागी हुने आयोजक संस्थाको अध्यक्ष जुना माथेमाले जानकारी गराउनुभयो ।

by RSS | Feb 21
img
व्यावसायिक महिला सञ्जालको सम्मेलन

चुल्होचौकोबाट बाहिरिएर दक्षिण एशियाली नारी पुरुषसँग काँधमा काँध मिलाउँदै कठिनतम काम गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न दुईदिवसीय क्षेत्रीय सम्मेलन ललितपुरमा प्रारम्भ भएको छ । ऊर्जा क्षेत्रमा महिलाको सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले विश्व बैंकको अगुवाईमा नेपालमा पहिलोपटक आयोजना भएको उक्त सम्मेलनको नेपाल, मालदिभ्स र श्रीलङ्काका लागि बैंकका निर्देशक आइडाह स्वाराई रिद्धिहौले उद्घाटन गर्नुभयो ।

by RSS | Feb 20
img
परिवार योजना सम्मेलन चैत ४ देखि

“परिवार योजनाः सेवाको पहुँचबाहिर परेकालाई समेट्ने ” भन्ने नाराका साथ राष्ट्रिय परिवार योजना सम्मेलन आगामी चैत ४ र ५ गते काठमाडौमा आयोजना हुने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत करिव दुईसय प्रतिनिधिको सहभागिता रहने छ । संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष(युएनएफपिए)को आर्थिक एवम् प्राविधिक सहयोगमा आयोजना हुने

by RSS | Feb 15
img
उद्यमशीलता सम्मेलनको तयारी पूरा

सरकारसँगको साझेदारीमा नेपाल उद्योग परिसङ्घले आगामी बिहीबार राजधानीमा आयोजना गर्ने नेपाल उद्यमशीलता सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । परिसङ्घले आज पत्रकार सम्मेलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मेलनको शुभारम्भ हुने तथा विशेष वक्ताका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई सम्बोधन गर्ने कार्यक्रम निर्धारण भएको बताएको छ । 

by RSS | Feb 10
img
रक्तिम सांस्कृतिक अभियानको सम्मेलन फागुनमा

रक्तिम सांस्कृतिक अभियानको ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलन पोखरामा फागुन १, २ र ३ गते हुने भएको छ । यसको पूर्वतयारीको सिलसिलामा देशका विभिन्न जिल्लामा बैठक, भेला र सम्मेलन भइरहेको रक्तिम अभियानले जनाएको छ । सम्मेलन सम्पन्न गर्न राष्ट्रिय जनमोर्चा कास्कीसँग सम्बन्धित जनवर्गीय सङ्गठनको विशेष भेलाले उक्त दलका पूर्व जिल्लाअध्यक्ष गीरबहादुर कुँवरको संयोजकत्वमा

by RSS | Feb 07
img
काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ हुँदै

सातै प्रदेशमा औद्योगिक वातावरण सिर्जना गर्न काठमाडौँमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ आयोजना गरिने भएको छ ।अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको आज राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी

by RSS | Jan 23
img
इलाममा पुस २० मा लगानी सम्मेलन हुने

इलाम सदरमुकाममा यही पुस २० गते लगानी सम्मेलन हुने भएको छ । कात्तिक २० गते गर्ने भनिएको तर अन्तिम समयमा स्थगन भएको लगानी सम्मेलन पुस २० गते हुने भएको हो । लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने इलाम नगरपालिकाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका लागि विभिन्न समयमा पु–याउनुभएको योगदानको उच्च कदर गर्दै इलाम नगरपालिका र

by RSS | Dec 16
img
कोलकातामा अन्तरराष्ट्रिय नेपाली साहित्य सम्मेलन सम्पन्न

भारत–नेपाल जनमैत्री सांस्कृतिक मञ्च, भारत, कोलकाताको आयोजनामा कोलकातामा भएको ‘तृतीय अन्तरराष्ट्रिय साहित्य सम्मेलन’ आगामी सन् २०२० मा चतुर्थ सम्मेलन कोलकातामै गर्ने निर्णय गरी सम्पन्न भएको छ । भारतीय भाषा परिषद्, शेक्सपियर सारणीमा भएको दुईदिने सम्मेलनले नेपाल प्रज्ञा–प्रतिष्ठान, भानु प्रतिष्ठान र अन्तरराष्ट्रिय नेपाली साहित्य समाजसँगको सहकार्यमा नेपाली भाषा र साहित्यको उन्नयनका लागि समर्पित रहने निर्णय

by RSS | Dec 12
img
विराटनगरमा राष्ट्रिय सम्मेलन

नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको पुस ४ र ५ गते विराटगरमा राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय सम्मेलनलाई भव्य, व्यवस्थित तथा सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ का महासचिव विवेक गौतमका अनुसार उक्त सम्मेलनमा देशभरिका नेपाल पत्रकार महासङ्घका प्रदेश अध्यक्ष, महासचिव र शाखा अध्यक्षको सहभागिता रहने छ ।

by RSS | Dec 12
img
जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने

आगामी पुस ७ र ८ गते जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन–२०७५ हुने भएको छ । उद्योग वाणिज्य सङ्घको राजर्षिजनक सभागृहमा हुने सो सम्मेलनमा नेपाल–भारतका मैथिली सेवी, विद्वान, साहित्यकारका साथै अन्य भाषाका अन्तर्राष्ट्रिय ख्यातिका साहित्यकार, संस्कृतिविद्को सहभागिता रहने जनाइएको छ । सम्मेलनका संयोजक रामभरोस कापड़ि भ्रमरका अनुसार सम्मेलनअन्तर्गत विचार

by RSS | Dec 09
img
सूचना प्रविधिको सम्मेलन काठमाडौंमा हुँदै  

इन्टरनेट सेवा प्रदायक एवं सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत ब्यक्ति एवं संस्थाहरुको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एन्पिनोग) ले मंसिर २३ देखि २८ गतेसम्म एनपिएनओजी–४ नामक ६ दिने कार्यक्रम आयोजना गर्दै छ ।

by Anu Rana | Dec 09