img
सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउँछौ : शाह

नेपाली काङ्ग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री गोविन्दबहादुर शाहले अहिलेको सरकारलाई नेपाली काङ्ग्रेसले लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको छ । सरकारले चालेका पछिल्ला गतिविधि अलोकतान्त्रिक भएको भन्दै उहाँले प्रतिपक्षको तर्फबाट सरकारलाई लोकतान्त्रिक संस्कार सिकाउने बताउनुभएको हो ।

by RSS | May 21
img
कर्णाली सरकारको राजश्व सङ्कलन न्यून

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको १० महीनाको अवधिसम्म रु १३ करोड मात्र राजश्व सङ्कलन गरेको छ । आन्तरिक आम्दानीको स्रोतमा कमी, स्थानीय तहले प्रदेशलाई बुझाउनुपर्ने राजश्व नबुझाएका कारण प्रदेशले लक्ष्यअनुसार उपलब्धि हासिल गर्न नसकेको हो । प्रदेश सरकारले आव ०७५/७६ मा रु ५० करोड राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

by RSS | May 16
img
सरकारको नीति तथा कार्यक्रम समाजवादोन्मुख

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का फ्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले घोषणा गरेको नीति तथा कार्यत्रम सामाजवादोन्मुख भएको बताउनुभएको छ । नेपाल प्रेस सङ्गठन गोरखाले बुधबार सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले गएको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा लिएको भन्दै त्यो सफल भएको उल्लेख गर्नुभयो ।

by RSS | May 16
img
कम्युन बस्तीमा पहिलो पटक सरकारी सेवा र अधिकारी

कम्युनको अभ्यास गरेर दुनियाँलाई सन्देश दिएको जुनिचाँदे गाउँपालिकामा पहिलो पटक सरकारी अधिकारी गएर बृहत् शिविर सञ्चालन गरिएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र लुहादह र जुनी बस्तीमा पहिलो पटक बृहत् शिविर सञ्चालन गरिएको हो । प्रजिअ ललितकुमार बस्नेतलगायतको सरकारी टोली लुहादह, जुनिचाँदेलगायतका ठाउँ पुगेर सञ्चालन भएको शिविरमा ६४२ ले नागरिकता लिएका छन् ।

by RSS | May 15
img
प्रत्येक प्रदेशमा नमूना सरकारी वकिलको कार्यालय

महान्यायधिवक्ताको कार्यालयले प्रत्येक प्रदेशमा एउटा जिल्लाका दरले सात नमूना सरकारी वकिल कार्यालय स्थापना गरेको छ । आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले सरकारी वकिल कार्यालयका काम कारवाही सेवा प्रवाहलाई प्रभावकारी बनाउन सातै प्रदेशमा सात नमूना वकिल कार्यालय स्थापना गरिएको जानकारी दिनुभयो ।

by RSS | May 15
img
कृषकसँग छलफल गर्दै कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषकका वास्तविक कुरा समावेश गर्न कृषकसँग छलफल गर्ने भएको छ । भूगोल सुहाउँदो खेती विस्तार गरी कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउन प्रदेश सरकारले अभियान थालेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीसहितको टोली जिल्ला दौडाहामा छ ।

by RSS | May 14
img
‘तीनै तहका सरकारबीच समन्वय जरुरी'

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच समन्वय जरुरी रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बुटवलमा आयोजना गरेको प्रदेश समन्वय परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्नुहँुदै उहाँले सबै तहका सरकारबीच समन्वय र सहकार्यका आधारमा काम गरेर अगाडि बढ्न सके परिणाम हासिल गर्न सकिने बताउनुभयो ।

by RSS | May 14
img
हावाहुरी पीडितका लागि प्रदेश नं १ सरकारद्वारा रु एक करोडको

प्रदेश नं १ को सरकारले आफूले पहिले नै घोषणा गरेको बारापर्साका हावाहुरी पीडितका लागि एक करोड सहयोगको चेक आज हस्तान्तरण गरिएको छ । प्रदेश नं १का मुख्यमन्त्री शेरधन राईले आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई राहत रकमको चेक हस्तान्तरण गर्नुभयो ।

by RSS | May 14
img
सरकारी र निजी अस्पतालमा पनि श्रम अडिट गरिने :मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारी र निजी दुवै अस्पताल तथा क्लिनकमा एक महीना १५ दिनभित्र श्रम अडिट गरिने बताउनुभएको छ ।

by RSS | May 13
img
कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले पत्रकार सम्मेलनमार्फत् आज बिहान मन्त्रिपरिषद् बैठकले गरेका १० निर्णय सार्वजनिक गर्नुभएको हो । बैठकले गरेका निर्णय परिपक्व बनाउन खोजिएकाले सार्वजनिक गर्न ढिलाइ भएको मन्त्री केसीले बताउनुभयो ।

by RSS | May 13
img
समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।

by RSS | May 12
img
सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु

निजी तथा आवासीय विद्यालयहरुले मात्र विगतमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आइरहेको बेला केही वर्षयता आएर उदयपुर जिल्लामा सरकारी विद्यालयले पनि धमाधम अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने क्रम बढाउँदै लगेका छन् ।

by RSS | May 12
img
सरकारी सञ्चार माध्यमलाई साधन स्रोत जुटाउन पहल गरिने छ :

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी सञ्चारका माध्यमलाई साधन स्रोत जुटाउन गर्नुपर्ने सहयोगका सम्बन्धमा प्रस्ताव ल्याउन आग्रह गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज रासस, गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनका समाचारदातासँगको छलफलमा मुख्यमन्त्री भट्टले सरकारी सञ्चारका माध्यमलाई आवश्यक पर्ने साधन स्रोत जुटाउन पहल गरिने बताउनुभयो ।

by RSS | May 12
img
तेह्रौँ साग प्रतियोगिताको तयारीमा सरकार जुटिसक्यो–मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले १३औँ सागको तयारीमा सरकार जुटिरहेको स्पष्ट पार्नुभएको छ । रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले आगामी मङ्सिर १५ देखि २४ गतेसम्म हुने प्रतियोगिता भव्यरुपमा आयोजना र सफलरुपमा सम्पन्न गर्ने गरी सरकार तयारीमा जुटिरहेको जानकारी दिनुभयो ।

by RSS | May 10
img
‘सरकार विरुद्ध गलत प्रचारबाजी’

सङ्घीय भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले प्रधानमन्त्री निवास बालुवाटारको जग्गा अतिक्रमण कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएदेखि नै शुरु भएको बताउनुभएको छ ।

by RSS | May 10
img
देशभरिका अतिक्रमित जग्गा सरकार मातहत ल्याइने

देशभर अतिक्रमित भएका सरकारी जग्गा सरकारले आफ्नो मातहत ल्याउने तयारी गरेको छ । सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सबै प्रकारका अतिक्रमित जमीन सरकारको आफ्नो अधिकार क्षेत्रभित्र सुरक्षित राख्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

by RSS | May 10
img
मुख्यमन्त्री गद्दीद्वारा वृद्धाश्रम शिलान्यास

वीरगञ्जको नगवामा निर्माण हुनलागेकोे ज्येष्ठ नागरिक वृद्धाश्रमको आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको रु ५० लाखको लागतमा दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा दुईतले सुविधासम्पन्न वृद्धाश्रम निर्माण हुनेछ । सो अवसरमा मुख्यमन्त्री गद्दीले ज्येष्ठ नागरिकका लागि निर्माण भइरहेको वृद्धाश्रमले समाजलाई सन्तुलित बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो ।

by RSS | May 10
img
सरकारले सङ्घीयता नचाहेको आरोप

नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले सङ्घीयता नचाहेको आरोप लगाउनु भएको छ । कैलालीको लम्कीमा आज राष्ट्रिय जागरण अभियानअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय सभाको उद्घाटन गर्दै उपसभापति निधिले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रममा समेत सङ्घीयताका बारेमा सरकारले ठोस नीति र कार्यक्रम ल्याउन नसकेको आरोप लगाउनुभयो ।

by RSS | May 09
img
समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रि«यसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद सुमनराज प्याकुरेलले मर्यादाक्रम कानूनमै व्यवस्था गरिनुपर्ने र बेलाबेलामा परिवर्तन गर्न नहुने बताउनुभयो । राजधानीमा पेट्रोलियम पदार्थको खपत कम गराउन विद्युतीय सवारी साधन चलाएर वातावरणमैत्री बनाइनुपर्ने उहाँको भनाइ थियो ।

by RSS | May 09
img
प्रोटोकल कार्यान्वयनको प्रयासमा सरकार

सरकारले चीनसँग हालै भएको पारवहन ढुवानी सम्झौताको प्रोटोकल कार्यान्वय प्रयास थालिएको बताएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले प्रोटोकल कार्यान्वय गर्न चीनका सुक्खा र समुद्री बन्दरगाहबाट सामान छुटाउने, आयात प्रक्रिया, आवश्यक पर्ने कागजात, ढुवानी खर्च दूरी र समय अध्ययन गर्न विशेषज्ञसहितको टोली चीनतर्फ प्रस्थान गर्ने प्रक्रियामा रहेको बताउनुभयो ।

by RSS | May 08

LATEST NEWS