img
एबिसीमा पुनर्निर्माणले गति लियो

अन्नपूर्ण आधार शिविर (एबिसी)मा गत फागुन १३ गते आएको हिमआँधीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माण कार्यले गति लिएको छ । प्राकृतिक विपद्बाट ठूलो क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा स्थानीयवासी जुटेका हुन् ।

by RSS | May 21
img
गोकर्णेश्वरको न्यायिक समितिमा जग्गाको सीमा विवाद धेरै

स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरुको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताउनुभयो । दुई/तीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरुको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उहाँको भनाइ छ ।

by RSS | May 17
img
नेपाल–भारत सीमा नाका बन्द हुने

भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ । भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

by RSS | May 17
img
गाउँमै पुगेर नागरिकता र सीमा पास वितरण

दुर्गम हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रमा रहेको दुर्गम नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्बाङमा एकीकृत घुम्ती शिविर सम्पन्न भएको छ । भौगोलिकरूपमा विकट भए पनि प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालसहितको टोलीले उक्त गाउँपालिकामा एकीकृत घुम्ती शिविरमा सञ्चालन गरी चार हजार ३८ नागरिकलाई सेवा प्रदान गरेको हो ।

by RSS | May 16
img
नेपाल भारत सीमा नाका बन्द गरिने

कपिलवस्तुस्थित नेपाल भारत सीमा नाका बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण शुक्रबार बिहान ७ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने भएको हो ।

by RSS | May 09
img
आज साँझबाट सीमा नाका सञ्चालन हुने

भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् ।

by RSS | May 06
img
आज साँझबाट सीमा नाका सञ्चालन हुने

भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् ।

by RSS | May 06
img
सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द

सुनसरीको सीमा नाका ४८ घण्टाका लागि बन्द भएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी ४८ घण्टाका लागि सीमा नाका बन्द गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिनुभयो । वैशाख १० गते मङ्गलबार हुने भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सोमबार बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका सुनसरीका सीमा नाका बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।

by RSS | Apr 23
img
आयरल्यान्डसँगको सीमामा कडाइ गर्दै बेलायत

बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन् ।

by Anu Rana | Feb 08
img
सीमामा सधैँ किचलो

नेपाल–भारत सिमाना नजिक आफ्नै भूमिमा कल्र्भट निर्माणको विषयलाई लिएर डेढ वर्षअघि कञ्चनपुरको पुनर्वास नगरपालिकाका गोविन्द गौतमले ज्यान गुमाउनु प–यो । पुनर्वास नगरपालिकाको आनन्द बजार नाका अझै सञ्चालनमा आउन सकेको छैन । नेपाल–भारत संयुक्त सर्वे टिमले सिमा विवाद समाधान गरी कल्भर्ट विवादको समाधान खोजिने बताए पनि अहिलेसम्म त्यसको टुङ्गो लाग्न सकेको छैन ।

by RSS | Dec 07
img
नेपाल–भारत सीमा क्षेत्र अनुगमन

पाँचथर जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको अनुगमन गरिएको छ । जिल्लाको उत्तर पूर्वक्षेत्र भारत र नेपालको सीमासँग जोडिएको स्थानीय तह याङवरक गाउँपालिकाको चिवाभञ्जाङ सिमाना अनुुगमन गरिएको हो । अनुगमनमा सांसद वसन्तकुमार नेम्बाङ, जिल्ला समन्वय समिति प्रमुख विष्णुप्रसाद सापकोटा, प्रजिअ प्रकाचन्द्र अधिकारी, गाउँपालिकाका प्रमुख लेखनाथ घिमिरे, तीनवटै सुरक्षा निकायका प्रमुखलगायतको टोलीले अनुगमन गरेको हो ।

by RSS | Nov 01
img
सीमा क्षेत्रमा विशेष निगरानी

नेपालीको महान चाड दशैँ, तिहार तथा छठलाई लक्षित गरी पर्सा प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएको जिल्लाको इनर्वा सिर्सिया, अलौँ, जानकी टोल, भिस्वालगायतका सीमा नाकाका सुरक्षाकर्मीलाई अवाञ्छनीय गतिविधि तथा शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न प्रहरीलाई निर्देशन

by RSS | Oct 01
img
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट र सीमा बल एसएसबी झुलनीपुरले सीमास्तम्भ सङ्ख्या ४९९ देखि ५०० स्तम्भ सङ्ख्यासम्म संयुक्त गस्ती गरेकोे सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी प्रसौनीले जनाएको छ सशस्त्र प्रहरी नायब निरीक्षक विश्वजित खवासको

by RSS | Sep 14
img
५९ सीमास्तम्भ पुनःनिर्माण

दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो । इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभयो । “अब पाँचवटा सीमास्तम्भ पुनःनिर्माण गर्न बाँकी छ,”

by RSS | Aug 01
img
रोजिन टर्पेन्टाइन कत्थाको निकासीमा वृद्धि

कैलाली भन्सार नाकाबाट आर्थिक वर्ष २०७४/७५ मा रु ७३ करोड ९३ लाख बराबरको रोजिन, टर्पेन्टाइन, कत्था र खैर कच्छ निकासी भएको छ । कैलाली भन्सार कार्यालयका प्रमुख गोपीकृष्ण उप्रेतीले गत आवमा कत्था एक लाख४३ हजार किलो, खैरकच्छ तीन लाख ९१ हजार किलो र रोजिन टर्पेन्टाइन आठ लाख एक हजार४७० किलो निकासी भएकामा अघिल्लो आवमा यो नाकाबाट रु ५२ करोड

by RSS | Jul 27
img
बैंकिङ सेवाबाट वञ्चित

पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रका बासिन्दा बैंकिङ सेवाबाट वञ्चित रहेका छन् । बैंकका शाखा ग्रामीण क्षेत्रमा स्थापना हुन नसक्दा सर्वसाधारण बैंकिङ सेवाको पहुँचबाट टाढा रहेका हुन् । सिमावर्ती क्षेत्रसहित ग्रामीण भेगमा ‘घ’ वर्गका लघु वित्तीय संस्थाबाहेक अन्य बैंक स्थापना हुन सकेको छैन । उनीहरु बैंकिङ कारोवारका लागि सदरमुकाम परासी तथा राजमार्ग आसपासका क्षेत्रमा आउने गरेका छन् ।

by RSS | Jul 16
img
नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण गर्न स्थानीय प्रशासनले नेपाल भारत सीमा क्षेत्रमा सुरक्षा चेकजाँच कडा पारेको छ । भारतीय बजारबाट अवैधरुपमा बिना भन्सार विभिन्न मालसामान भित्रिने गरेपछि यतिबेला स्थानीय प्रशासनले सशस्त्र प्रहरी, नेपाल प्रहरीसँग समन्वय गरी सीमा क्षेत्रमा कडा गरेको पाइएको हो । पछिल्लो पटक नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को महेशपुर नाकामा तस्करीमा कडाइ भएको छ ।

by RSS | Jun 19
img
आयकरमा नयाँ व्यवस्था, अब १०, २० र ३० प्रतिशतको सीमा

सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि आयकरमा नयाँ व्यवस्था गरेको छ । यस अघिको सीमालाई पुनर्विचार गर्दै नयाँ प्रावधान कायम गरिएको हो । अर्थमन्त्री डा . युवराज खतिवडाले प्रगतिशील कर कार्यान्वयनमा ल्याउँदै आयकर तीन वटा स्ल्याब पनि निर्धारण गरेकाअ छन ।

by Anu Rana | May 31
img
जनप्रतिनिधिकै आडमा अवैध सुनकोसी दोहन

सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित सुनकोसी नदीमा अत्याधिक दोहन गरि ढुङ्गा बालुवा उत्खनन् गर्न थालेपछि अवैध उत्खनन बन्द गरिएको छ। गाँउपालिकामा बैठक बसी सुनकोसी नदीमा अवैध रुपमा उत्खनन् गर्न भग्रेती मेसिन र ट्रिफर नदीमा पसेपछि गाँउपालिकाले यस्तो निर्णय लिएको हो।

by Anu Rana | May 16
img
भक्तपुर औद्योगिक क्षेत्रमा निःशुल्क स्वास्थ्य क्लिनिक शुरु

भक्तपुरका बासिन्दा र मजदूर वर्गलाई लक्षित गरी भक्तपुर औद्योगिक क्षेत्र व्यासीमा आजबाट निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । भक्तपुर उद्योग वाणिज्य संघ, जिल्ला समन्वय समिति भक्तपुर, लायन्स क्लब अफ भक्तपुर र डा इबामुरा मेमोरियल अस्पतालले संयुक्त रुपमा निःशुल्क स्वास्थ्य क्लिनिक सञ्चालनमा ल्याएको हो । 

by RSS | Mar 15