img
प्रेस स्वतन्त्रता आवश्यक

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले प्रेस स्वतन्त्रताको ग्यारेन्टी नभए लोकतन्त्र नै समाप्त हुने भएकोले त्यसतर्फ सबै चनाखो हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन धनकुटाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले पछिल्लो समय प्रेसलाई कमजोर बनाएर सरकार अघि बढन खोजेकोले त्यसतर्फ चनाखो हुनुपर्ने बताउनुभयो ।

by RSS | May 16
img
प्रम ओलीद्वारा स्वतन्त्रता स्मारकमा फूल अर्पण

प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानी नोम पेन्हस्थित स्वतन्त्रता सेनानीको स्मारकमा फूल अर्पण गर्नुभएको छ । प्रधानमन्त्री ओली कम्बोडिया अधिराज्यका प्रधानमन्त्री समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज यहाँ आइपुग्नुभएको हो ।

by RSS | May 14
img
प्रेस र अभिव्यक्ति स्वतन्त्रता अनुकूल कानून निर्माण गर्नुस् : साझा

साझा विवेकशील पार्टीले प्रस्तावित मिडिया काउन्सिल विधेयकका विषयमा उठेको प्रश्नका बारेमा सरोकारवाला पक्षसँग गहन छलफल गर्न सरकारलाई सुझाव दिएको छ । मिडिया काउन्सिल विधेयकका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा संयोजक रवीन्द्र मिश्रले विधेयकमा परेका कतिपय प्रावधानले लोकतन्त्रको मर्ममा नै प्रहार गरेको बताउनुभयो ।

by RSS | May 13
img
प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन्का घटना हुनु राम्रो होइन भन्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्त्रतामाथि कुनै अङ्कुश लाग्नु हुँदैन भन्नुभयो ।

by RSS | May 13
img
प्रेस स्वतन्त्रता विरोधी कुनै कानून मान्य हँुदैन : सभापति देउवा

नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रता विरोधी कुनै कानून आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले स्वतन्त्र प्रेसलाई कुण्ठित गर्ने मनसायले विधेयक अघि बढाएको आरोप लगाउँदै त्यस्ता कदमको सदन र सदन बाहिर देशैभरि विरोध गर्ने उल्लेख गर्नुभयो ।

by RSS | May 13
img
प्रेसलाई कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव छैन

प्रेसलाइ कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव नभएकामा जोड दिइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता : लोकतन्त्रको आधार विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले राजनीतिक र सामाजिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो ।

by RSS | May 03
img
सन्दर्भ : विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त

सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ ।

by RSS | May 03
img
सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रता हननका घटना उस्तै

विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३ ९वैशाख २० गते० विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ ।

by RSS | May 02
img
सन्दर्भः विश्व प्रेस स्वतन्त्रता दिवस, प्रेस स्वतन्त्रता हननका घटना उस्तै

विश्व प्रेस स्वतन्त्रता दिवस ९मे ३ ९वैशाख २० गते० विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आएको छ ।

by RSS | May 02
img
विभिन्न ऐन कानूनले प्रेस स्वतन्त्रतामाथि चुनौती: महासङ्घ

नेपाल पत्रकार महासङ्घले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरिएको भएता पनि विभिन्न ऐन तथा कानूनमार्फत प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजिनु प्रेस स्वतन्त्रतामाथिकै चुनौती रहेको बताएको छ ।

by RSS | May 02
img
स्वतन्त्रताको सीमा हुँदैन– मन्त्री बाँस्कोटा

प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताउनुभयो । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गर्नुभयो ।

by RSS | Feb 22
img
रेडक्रसलाई एम्बुलेन्स र विद्यालयलाई बस

७२औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय दुतावासले नेपाल रेडक्रस सोसाइटी झापा र एक विद्यालयलाई आज सवारीसाधन प्रदान गरेको छ । रेडक्रस झापालाई दुई वटा एम्बुलेन्स र भद्रपुर नगरपालिकास्थित हिमाली उच्च मावि पृथ्वीनगरको विद्यालयलाई एक बस प्रदान गरेको जिल्ला रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । “एउटा झापा शाखा र एउटा गौरादह उपशाखालाई प्राप्त भएको छ

by RSS | Aug 15
img
पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा आज यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन हुसेन र प्रधानमन्त्री नसिर उलमुल्कले स्वतन्त्रता दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश बाचन गर्नुभएको थियो । समारोहमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव अमजद हुसैन बी सियाललगायत कामको सिलसिलामा काठमाडौँमा रहेका

by RSS | Aug 14

LATEST NEWS