img
सभामुखद्वारा तुलाधरको स्वास्थ्यबारे जानकारी

सभामुख कृष्णबहादुर महरा आज थापाथलीस्थित नर्भिक अस्पताल जानु भई त्यहाँ उपचाररत वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो । न्युरो अस्पतालबाट तुलाधरलाई मङ्गलबार रिफर गरी नर्भिक अस्पतालमा लगिएको थियो । सो अस्पतालका चिकित्सकद्वय आरके अग्रवाल र राजीव झालगायतका समूह उहाँको उपचारमा संलग्न हुनुहुन्छ । 

by RSS | Oct 31