img
स्वास्थ्य बीमा कार्यक्रम समस्या

सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । स्वास्थ्य बीमा बोर्डले चैत मसान्तभित्र ती जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको हो । ती जिल्लामा स्वास्थ्य बीमा कार्याक्रम लागू भएको घोषणा हुनुपूर्वका दर्ता, तालीम एवं स्वास्थ्य सेवा प्रदायक संस्थासँगको आवश्यक गृहकार्य लगभग पूरा भएको बोर्डले जनाएको छ । 

by RSS | Mar 17
img
स्वास्थ्यबीमाका लागि बिमितको नाम दर्ता

स्वास्थ्यबीमा कार्यक्रमअन्तर्गत सिरहाका गाउँगाउँमा बीमितको नाम दर्ता शुरु गरिएको छ । यही फागुन २ गतेदेखि सिरहामा स्वास्थ्यबीमा कार्यक्रम लागू भएको हो । स्वास्थ्यबीमा कार्यक्रम लागू भएपछि स्वास्थ्यबीमा बोर्ड लहान शाखाले जिल्लाका सम्पूर्ण स्थानीय तहका वडामा सहजकर्तामार्फत प्रचारप्रसारसँगै बीमितको नाम दर्ता गर्ने कार्य शुरु गरिएको हो ।

by RSS | Mar 08
img
स्वास्थ्य शिविरमा महिलाका समस्या बाहिर आउन थाले

गाउँ गाउँमा आयोजना हुने स्वास्थ्य शिविरले महिलाका समस्या बाहिर ल्याउन ठूलो सहयोग मिलेको छ । महिला सकेसम्म स्वास्थ्य संस्थामा पुगेर आफ्ना समस्या बताउन हिचकिचाउने गर्छन् । यसले गर्दा पनि उनीहरु भित्रभित्रै रोगसँग लडेर बाँचिरहेका हुन्छन् । भित्रभित्रै रोगले पीडित बन्छन् तर सम्बन्धित ठाउँमा समस्या लिएर जाने गर्दैनन् । 

by RSS | Feb 25
img
स्वास्थ्य शिविरमा बिरामीको मृत्यु

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाको आयोजनामा राजविराजमा सञ्चालित बृहत् स्वास्थ्य शिविरमा आज एक बिरामीको मृत्यु भएको छ । राजविराज नगरपालिका–५ मा राखिएको स्वास्थ्य शिविरमा उपचारका लागि आएका सप्तरीको कञ्चनरुप नगरपालिका–६ धर्मपुर का ६२ वर्षीया गङ्गा मोचीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

by RSS | Feb 19
img
स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने

नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको र नेपाली सेनाको आयोजनामा बुधबारदेखि राजविराजमा साताव्यापी बृहत् स्वास्थ्य शिविर आरम्भ भएको छ । गजेनद्रनारायण सिंह सगरमाथा अस्पतालमा एक समारोहकाबीच उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सो शिविरको उद्घाटन गर्नुभयो । उपप्रधानमन्त्री यादवले धरान र काठमाडौँ झैँ सप्तरीलाई पनि स्वास्थ्य केन्द्र बनाउन सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय

by RSS | Feb 14
img
प्रदेशसभा सदस्य ओलीको स्वास्थ्यमा सामान्य सुधार

कार दुर्घटनामा पर्नुभएका प्रदेश नं ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको छ । गम्भीर घाइते ओलीको कोहलपुरस्थित शिक्षण अस्पतालको ‘आईसीयु’मा राखेर उपचार भइरहेको छ । उहाँको उपचारमा खटिनुभएका ‘अर्थोपेडिक’ चिकित्सक दिनेश श्रेष्ठले हिजोको तुलनामा केही सामान्य सुधार आएको बताउनुभयो । “हामीले यहाँ उहाँको अवस्था बिग्रिन नदिन प्राथमिक उपचार गरिरहेका छौँ, सामान्य सुधार देखिएको छ,

by RSS | Feb 08
img
स्वास्थ्य बीमाप्रति आकर्षण बढ्दै

केही महीनाअघि टीकापुर नगरपालिका–१ की शान्ति काफ्लेको छातीमा समस्या भयो । टीकापुर अस्पतालबाट केही दिन औषधि खाँदा सञ्चो नभएपछि भक्तपुर क्यान्सर अस्पताल सिफारिश गरियो र उहाँको त्यही उपचार भयो । “मलाई कति पैसा लाग्यो भन्ने कुराको चिन्ता भएन, आउनेजाने खर्चबाहेक सबै खर्च स्वास्थ्य बीमा बोर्डले ति–यो,” काफ्ले भन्नुहुन्छ, “स्वास्थ्य बीमा गरिराखे बिरामी भएका

by RSS | Feb 06
img
स्वास्थ्य चौकीको भवन निर्माण

काठेखोला गाउँपालिका–१ पालामा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले भवन बनाएको हो । रु. एक करोड ६६ लाखको लागतमा निर्मित भवन बिहीबार स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष खड्क थापाले बताउनुभयो । विसं २०७४ कात्तिकमा ‘गाल्वा जयलक्ष्मी जेभीले’ भवन निर्माणको जिम्मा पाएको थियो ।

by RSS | Feb 01
img
विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन

माछापुच्छ« गाउँपालिकाले आर्थिक रुपमा विपन्न र गरीब नागरिकको स्वास्थ्य सेवासम्म पहुँच पु–याउने उद्देश्यले ‘स्वास्थ्य बीमा कार्यक्रम’ सञ्चालन गरेको छ । पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट नागरिक वञ्चित हुन नपरोस् भनेर गाउँपालिकाले विपन्न घरपरिवारका सदस्यलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुँदा लाग्ने योगदान रकम भुक्तानीमा अनुदान दिने कार्यक्रम शुरुआत गरिएको गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताउनुभयो । 

by RSS | Jan 24
img
निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा तीन हजारले सेवा पाए

स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको गरिएको छ ।

by RSS | Jan 18
img
सरकार स्वास्थ्य क्षेत्र लगानी गर्न तयार

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारले प्रदेश नं २ को स्वास्थ्य अवस्था सुधारका लागि लगानी गर्न तयार रहेको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिका–७ मा निर्माण भएको प्राथमिक स्वास्थ्य चौकी भवनको आज उद्घाटन गर्नुहुँदै उहाँले तुलनात्मक रुपमा अन्य प्रदेशभन्दा प्रदेश नं २ को स्वास्थ्य अवस्था कमजोर रहेकाले सरकार स्वास्थ्य क्षेत्रमा लगानी बढाउन तयार रहेको उल्लेख गर्नुभयो । 

by RSS | Jan 11
img
स्वास्थ्य संस्थामा सुत्केरी गराउने वृद्धि

स्थानीयस्तरमा स्वास्थ्यसम्बन्धी विभिन्नखाले सेवाको विस्तार भएसँगै स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा स्थानीय तहसँगको सहकार्यमा वान हर्ट वल्ड वाइडले ग्रामीण अल्ट्रासाउण्ड मेसिन र तालीम दिएपछि स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हो । 

by RSS | Jan 04
img
घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी

कामै नहुँदा जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीका दिन घाम तापेरै बित्ने गरेको छ ।उक्त कार्यालयको नाम र काम दुवै नभएपछि यहाँ कार्यरत १५ कर्मचारी घाम तापेरै बस्ने गरेको निमित्त प्रमुख पार्थमणि न्यौपानेले स्वीकार्नुभयो । उहाँले भन्नुभयो, “कार्यालयमा बजेट पनि छैन, काम पनि छैन, भएका औषधि माग भएका ठाउँमा पठाएका छौँ, अरु जिम्मेवारी नभएपछि के गरेर बस्नु,

by RSS | Jan 03
img
नयाँ स्वास्थ्य नीति ल्याइने–उपप्रम यादव

उपप्रधान र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले अहिले कायम रहेको स्वास्थ्य नीति त्रृटिपूर्ण भएकाले सरकारले नयाँ स्वास्थ्यनीति ल्याउन लागेको बताउनुभएको छ । सङ्घीय प्रेस फोरम पर्साद्वारा आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री यादवले भन्नुभयो, “उतm नीति आएपछि प्रत्येक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्यसेवा उपलब्ध हुनेछन् ।”

by RSS | Dec 30
img
चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर

माथागढी गाउँपालिका–१ चिदीपानीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । उक्त निःशुल्क एकिकृत प्रजनन् स्वास्थ्य शिविरमा १४५ महिलाले सेवा लिएका छन् । घरदैलोमै सहज रुपमा स्वास्थ्य सेवा दिने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको हो । शिविरमा पाठेघरको परीक्षण, पिष्टुला पहिचान, पाठेघरको मुखको क्यान्सर परीक्षण, परिवार नियोजनको पाँच वर्षे अस्थायी

by RSS | Dec 26
img
स्वास्थ्य शिविरमा पाँच सय जनाको उपचार

पाल्पाको रामपुरमा चलेको दुई दिने स्वास्थ्य परीक्षण शिविरमा ५५६ जनाको उपचार गरिएको छ । सोमबार २६० जनाले तथा मङ्गलबार २९६ जनाले सो शिविरमा उपचार पाएका छन् । रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेका अनुसार नागरिकलाई सहज स्वास्थ्य उपचार सेवा दिनका लागि शिविर आयोजना गरिएको हो । “स्वास्थ्य परीक्षण गर्नेको चाप बढेपछि एकदिने शिविरलाई दुई दिनसम्म सञ्चालन गरेका हौँ,

by RSS | Dec 19
img
नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

नेपाली सेनाले डोटीको केआइसिंह गाउँपालिका–६ र ७ को सेलेनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको गुरुबक्स गुल्मका गुल्मपति किशोर खड्काले बताउनुभयो । श्रीनम्बर ५ फिए अस्पताल, गुरुबक्स गुल्म र केआइसिंह गाउँपालिका–६ र ७ को संयुक्त आयोजनामा उक्त सञ्चालित शिविरमा करीब ४०० जनाको निःशुल्क उपचार गरिएको थियो ।

by RSS | Dec 06
img
सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

नेपाली सेनाले टेम्केमैयुङ गाउँपालिका–७ कोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । असहाय र अशक्त नागरिकको सेवा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको रणबम गणका गणपति प्रविनराज घिमिरेले बताउनुभयो । पूर्वी पृतना फिल्ड अस्पताल, रणबम गण र जिल्ला अस्पतालको संयुक्त आयोजनामा मङ्गलबार सञ्चालन गरिएको उक्त शिविरमा ३७० जनाको उपचार गरिएको छ ।

by RSS | Dec 05
img
स्वास्थ्य शिविर

नोबेल शिक्षण अस्पताल विराटनगरले मोरङको सुन्दरहरैँचा नगरपालिकामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ५०० बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैँचा–१० वरपीपल चोकस्थित सुकुना बाल विकास केन्द्रमा मङ्गलबार सम्पन्न शिविरबाट ४८३ बिरामीको उपचार गरिएको थियो । शिविरमा ७१ बिरामीको भिडियो एक्सरे गरियो । शिविरमा हाडजोर्नी, आँखा र दमका बिरामी आएका अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनुभयो ।

by RSS | Nov 28
img
नागरिकको स्वास्थ्यप्रति संम्वेदनशील हुनुपर्छः मन्त्री घिमिरे

प्रदेश नं १ का सामाजिक तथा स्वास्थ्यमन्त्री जीवन घिमिरेले राज्य पुनःसंरचनाको नयाँ अभ्यासमा रहेकाले कर्मचारी तथा राजनीतिक वृतमा काम गर्न केही जटिलता देखिएको हामी सबैले स्वीकार गर्नुपर्छ भन्नुभयो । प्रदेश स्वास्थ्य मन्त्रालयले आज इटहरीमा आयोजना गरेको तीन दिने कार्यक्रमको समीक्षा तथा योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै उहाँले नयाँ परिवेशमा जनप्रतिनिधि र कर्मचारीबीच

by RSS | Nov 27