img
महिला हिंसा अन्त्य गर्न कानून कार्यान्वयनमा जोड

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विद्यमान ऐन÷कानून कार्यान्वयनका साथै जनतालाई सचेत गराएर महिला हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । एकसय नबौँ अन्तर्राष्ट्रिय महिला दिवस (मार्च ८) लाई भव्य र सभ्य रुपमा सफल बनाउन उक्त मन्त्रालयद्वारा यहाँ आज आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै उहाँले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बढ्दै गएको

by RSS | Feb 11
img
घरेलु हिंसाका उजूरी धेरै

दाङको पहाडी क्षेत्रमा पर्ने बङ्गलाचुली गाउँपालिकाको न्यायिक समितिमा हालसम्ममा कूल ३४ वटा उजूरी दर्ता भैसके । न्यायिक समितिका उपाध्यक्ष यमुना थापामगरले गत असारसम्म २४ र साउनदेखि हालसम्म १० सहित ३४ उजुरी आएको बताउनुभयो । न्यायिक समितिमा आएका उजुरीमध्ये असार मसान्तसम्म २३ मुद्दा मिलापत्र भएको र एउटालाई न्यायिक निरुपणका लागि जिल्ला अदालतमा पठाइएको छ ।

by RSS | Jan 02
img
लैङ्गिक हिंसा नियन्त्रण गर्न सञ्जाल गठन

लैङ्गिक हिंसा नियन्त्रण र सचेतीकरणका लागि तेह्रथुममा जिल्लास्तरीय सञ्जाल गठन भएको छ । लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन तथा कार्य सञ्चालन कार्यविधि–२०७५ बमोजिम जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा जिल्लास्तरीय महिला हिंसा नियन्त्रण सञ्जाल गठन भएको हो । सञ्जालले जिल्लामा लैङ्गिक हिंसाबाट पीडित महिलालाई न्याय प्राप्तिको निमित्त सुरक्षाको अनुभूति, सल्लाह, सूचना र मनोवैज्ञानिक हौसला प्रदान

by RSS | Dec 26
img
फ्रान्समा सरकारविरोधी प्रदर्शन हिंसात्मक हुँदै  

 इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले फ्रान्सका राष्ट्रपति इम्यान्युल माँक्रोनको राजीनामा माग गरेका छन्। 

by Anu Rana | Dec 10
img
हिंसा नियन्त्रणका लागि विद्यालयबाट अभियान थाल्नुपर्छ : उपप्रमुख खड्गी

काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान थाल्नुपर्ने बताउनुभएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) र मङ्गलादेवी सिंह प्रतिष्ठानको सहकार्यमा आइतबार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले हिंसा बोल्ने, हेर्ने र छुने तरिकासमेत भएको हुँदा यसलाई न्यूनीकरण गर्नका लागि विद्यालयस्तरबाट अभियान चलाउन आह्वान गर्नुभयो ।

by RSS | Dec 10
img
महिला हिंसा विश्वव्यापी चुनौती : परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले महिला हिंसा विश्वव्यापी चुनौती बन्दै गएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा मङ्गलबार यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञावलीले विश्वव्यापी चुनौती बन्दै गएको महिला हिंसाको मुद्दा समाधानका लागि नेपालको संविधान र दिगो विकास लक्ष्यलाई आधार बनाएर अघि बढेको बताउनुभयो ।

by RSS | Dec 05
img
महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ । महिला हिंसाको एक वर्षको तथ्याङ्क समेटेर महिला पुनस्थापना केन्द्र(ओरेक)ले सार्वजनिक गरेको पुस्तक ‘अन्वेषी’ का आधारमा घरेलु हिंसाका घटना बढेको पाइएको हो । प्रत्येक वर्ष नोभेम्वर २५(महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवातको दिन) पारेर पुस्तक सार्वजनिक गर्दै आएको

by RSS | Nov 26
img
सन्दर्भः१६ दिने महिलाहिंसाविरुद्धको अभियान बाँच्न पाउने अधिकार गुमाउँदै बलात्कृतबालिका

गत साउन १० गते कञ्चनपुरकी १३ बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसलगत्तै गत असोज १० गते पोखराकी १० वर्षीया बालिका श्रीया विकको बलात्कारपछि हत्या भयो । बलात्कारपछि हत्या गरेर आफ्नो बाँच्न पाउने अधिकार गुमाएका पन्त र विक प्रतिनिधि पात्र मात्रै हुन् । यस्ता धेरै स–साना अबोध बालिका बलात्कारका शिकारपछि हत्या गर्दा बाँच्च पाउने अधिकारनै गुमाउन पुगेका छन् ।

by RSS | Nov 26
img
हिंसाका घटनामा संवेदनशील हुन आग्रह

प्रजातन्त्रवादी कानून व्यवसायीको संस्था डेमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए)ले वर्तमान सरकारले दण्डहीनतालाई प्रश्रय दिएको भनी आरोप लगाएको छ । देशका विभिन्न ठाउँमा भएका घरेलु र यौनजन्य हिंसा, बलात्कार, हत्या तथा अपहरणका कारण महिला तथा बालबालिका असुरक्षित भइरहेको भन्दै त्यसतर्फ तत्काल संवेदनशील हुन डिएलएले आग्रह गरेको छ ।

by RSS | Nov 21
img
लैङ्गिक हिंसाविरुद्ध अभियान

पछिल्लो समयमा समाज बढ्दै गएको विभिन्न खाले हिंसाको न्यूनीकरण गर्ने उद्देश्यले सामुदायिक वन उपभोत्ता महासङ्घ गण्डकी प्रदेशले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसका अवसरमा मङ्सिर ९ देखि २४ गतेसम्म प्रदेशका ११ वटै जिल्ला सदरमुकाममा कार्यक्रम गर्ने आज पोखरामा बसेको महासङ्घ प्रदेश बैठकले निर्णय गरेको हो ।

by RSS | Nov 21
img
दोषीलाई कारवाही नहुँदा महिला हिंसा बढ्यो

पछिल्लो तीन महिनामा राष्ट्रिय महिला आयोगमा महिला हिंसा र घरेलु हिंसासम्बन्धी साढे चार सय उजुरी परेको छ । चालु आर्थिक वर्षको गत साउनदेखि कात्तिक ७ गतेसम्ममा आयोगमा सीधै र आयोगले सञ्चालन गरेको निःशुल्क सेवा ११४५ मार्फत ४५१ उजुरी परेको आयोगले जनाएको छ । यहाँ आज आयोजित अन्तक्रियामा आयोगका सचिव अनिलकुमार ठाकुरले पहिलेको तुलनामा

by RSS | Oct 26
img
यौन हिंसाबाट बालबालिका बढी पीडित

सबैभन्दा बढी किशोरी र बालबालिका यौन हिंसाको शिकार हुने गरेका छन् । जिल्लामा १० वर्षमुनिका बालबालिका १५ प्रतिशत र १८ वर्षमुनिका ४९ प्रतिशत गरी ६४ प्रतिशत बालिका यौन हिंसाको शिकार हुने गरेको तथ्य सार्वजनिक भएको छ । मदिरा नियन्त्रण र लागुऔषध निषेधसम्बन्धी एक महीने अभियानको क्रममा बालिकामाथि सबैभन्दा बढी यौन हिंसा भएकाले विद्यालय तहमा अभियान सञ्चालन गरिएको छ ।

by RSS | Oct 10
img
एक महीने महिला हिंसाविरुद्धको अभियान

जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्धको एक महीने अभियानअन्तर्गत जिल्लाका ३५५३ जनालाई महिला तथा बालिका हिंसा र यसबाट पर्ने असरबारेमा जानकारी गराइएको छ । जिल्लाका स्थानीय तहका २१ विद्यालयमा विविध कार्यक्रमसहित यसबाट पर्ने असरबारेमा जानकारी गराइएको हो । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयसहित जिल्लामा क्रियाशील २० सङ्घसंस्थाको आयोजनामा गत भदौ २१ गतेबाट इलाममा जबर्जस्ती करणी

by RSS | Oct 08
img
हिंसाविरुद्ध अभियान

गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने बताउनुभएको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्नेसम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार एक्लैको प्रयासले यो सम्भव नहुने भन्दै सबै मिलेर

by RSS | Oct 03
img
महिला हिंसाका घटनामा वृद्धि

पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’ मा १७० महिला हिंसाका घटना अभिलेखीकरण भएका छन् । महिला हिंसाका घटनामध्ये सबैभन्दा बढी ४८ महिला तथा बालिकामाथि बलात्कार भएको पाइएको छ भने ३५ जनामाथि कुटपिट,

by RSS | Sep 28
img
यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो । पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय

by RSS | Sep 06
img
महिला हिंसाका घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाका सांसदहरुले पछिल्लो समय मुलुकका विभिन्न भागमा महिला हिंसाका घटना बढेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँहरुले स्वतन्त्रतापूर्वक जनतालाई बाँच्न पाउने सुरक्षाको वातावरण बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा सांसद पार्वत गुरुङले सांसद निरुदेवी पालमाथि भएको हमलाप्रति दुःख व्यक्त

by RSS | Aug 02
img
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान

गुल्मी काँग्रेसले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानकोे दोस्रो चरणको कार्यक्रममा महिला संघका कार्यकर्तामार्फत सामाजिक विकृति विसंगतिविरुद्ध जिल्लाका विभिन्न स्थानमा अभियान सञ्चालन गरिएको छ । पाँचाँै हप्तादेखि नेपाली काँग्रेस गुल्मीले थालनी गरेको ‘गाउँ जाउँ गाउँमै रमाऔँ’ ५० दिने महाभियानमा पार्टीका प्रतिनिधि एवं भ्रातृ संस्था महिला संघको सक्रियतामा जिल्लाको सिमलटारी,

by RSS | May 21
img
दाइजोको निहुँमा सासु र श्रीमानले गरे घरनिकाला 

दाइजो नल्याएको निहुँमा रुपन्देहीकी तीनमहिने गर्भवती महिलालाई श्रीमान् र सासूले कुटपिट गर्दै ‘घरनिकाला’ गरेका छन्। रुपन्देही सैनामैना नगरपालिका–६, कलौनीकी शारदा भट्टराईलाई दाइजोको बहानामा कुटपिट गरिएको हो।

by R. sharma | Apr 12
img
महिला हिंसा अन्त्यमा ध्यान दिन आग्रह : प्रतिवेदन

विपद् एवं विपद्पछिको समयमा यौनजन्य तथा लैङ्गिक हिंसा रोकथाम गर्न विशेष रुपमा सबै निकायले ध्यानदिनुपर्ने निष्कर्ष निकालिएको छ । यसका लागि कानुनी संरचना तथा अन्य संरचनालाई सुदृढ बनाउँदै लैजान र विपद् एवं यसपछिका समयमा महिलालाई राहत, पुनःस्थापना तथा पुनःनिर्माणमा उच्च प्राथमिता दिनसमेत सुझाव दिइएको छ । 

by RSS | Mar 22