img
होटल सङ्घको अध्यक्षमा राणा

होटल सङ्घ नेपालको अध्यक्षमा सिर्जना राणा निर्वाचित हुनुभएको छ । आज यहाँ सम्पन्न सङ्घको साधारणसभाले अन्नपूर्ण होटलका प्रमुख कार्यकारी अधिकृत राणालाई अध्यक्षमा निर्वाचित गरेको हो । यस्तै प्रथम उपाध्यक्षमा एयरपोर्ट होटलका विनायक शाह, द्वितीय उपाध्यक्षमा होटल साङ्ग्रिलाका प्रविणबहादुर पाण्डे, महासचिवमा काठमाडौँ प्रिन्स होटलका सुजन शाक्य र कोषाध्यक्षमा होटल वैशालीका विशालकुमार निर्वाचित हुनुभएको छ ।

by RSS | May 10

LATEST NEWS