img
४८ लाखमा विद्यालय भौतिक संरचना बन्दै

चालू आर्थिक वर्षमा कञ्चनपुरको भीमदत्तनगरपालिकाभित्र रहेका तीन सामुदायिक विद्यालयमा भवन संरचना निर्माण थालिएको छ । शिक्षा विभागको आर्थिक सहयोगमा नगरपालिकाभित्र रहेका पञ्चकृत बैजनाथ मावि बागफाँटा, सत्यवादी मावि वनगाँउ र भीमदत्त स्मृति आधारभूत विद्यालय खल्लामसेटीमा भवन निर्माण थालिएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पराज भट्टले तीन वटै विद्यालयमा गरी रु ४८ लाखका दुई÷दुईकोठे भवन निर्माण भइरहेको जानकारी दिनुभयो ।

by RSS | May 07

LATEST NEWS